नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता

२०७९ भाद्र २५ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारी वार्ता टोली प्रमुखबीच शनिबार अपरान्ह भेटवार्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भएको उक्त भेटवार्तामा तत्कालीन ओली सरकारले तीन बुंदे सहमति कार्यन्वयनमा देखाएको उदासिनता र शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि उक्त सहमती कार्यान्वयनमा भएको ढिलाइ र यसले राष्ट्रिय राजनीतिमा पारेको प्रभाबको बिषयमा गम्भीर समिक्षा भएको बुझिएको छ। प्रवक्ता प्रकाण्ड र गृहमन्त्री खाँणबीच भएको उक्त भेटवार्तामा तेन बुंदे सहमतीलाई पूर्णता दिन निर्णायक कदम चाल्ने सहमति भएको र सो सहमति बमोजिम सम्बद्ध निकायलाई ठोस – ठोस जिम्मेवारी तोकिएको बताइएको छ ।


नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भएको उक्त भेटवार्तामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला , खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरी, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृह मन्त्रालयका सचिब टेकनारायण पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु