‘वीरजङ्गको सपना पुरा गरेर छाड्छौ’

२०७९ भाद्र २४ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले एकीकृत जनक्रान्तिको माध्यमबाट वीरजङ्गको सपना पुरा गरेर छाड्ने प्रतिवद्धता जनाएका छन । शुक्रबार काठमाडौंमा आयोजित वीरजङ्ग स्मृति ग्रन्थको सार्वजनिकरण कार्यक्रममा वोल्दै प्रवक्ता प्रकाण्डले सो कुरा प्रतिवद्धता जनाएका हुन् ।
प्रवक्ता प्रकाण्डले वीरजङ्गसहित अन्य सहिद तथा बेपत्ताहरुको सपना एकीकृत जनक्रान्तिको माध्यमवाट पुरा गर्ने प्रतिवद्धता जनाउदै साम्राज्यवादी दलालहरुले योजनावद्ध तरिकाले वीरजङ्गको हत्या गरेको बताए । उनले जेलभित्र हुदा अमानवीय तथा जंगली व्यवहार प्रदर्शन गरेर वीरजङ्गलाई यातना दिएको र दुश्मनको यातनाका कारण स्वास्थ्यमा समस्या आएर उपचारका क्रममा भारतको म्याक्स अस्पतालमा मृत्यु हुन गएको बताए ।
नेता वीरजङ्ग कुशल,सक्षम र जनताको नेता रहेको स्पष्ट पार्दै प्रवक्ता प्रकाण्डले भावुक मुद्रामा नेता वीरजङ्गप्रति श्रदाञ्जली व्यक्त गर्दै घर परिवार,सिंगो पार्टी पंक्तिप्रति समवेदनासमेत व्यक्त गरेका थिए ।


प्रवक्ता प्रकाण्डले भने “नेपालमा एकीकृत जनक्रान्तिको माध्यमवाट वैज्ञानिक समाजवाद ल्याएर नेता वीरजङ्गको सपना पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ, वीरजङ्ग पार्टीको खम्वा हुनुहुन्थ्यो, क्रान्तिकारी विचारको रक्षा र विकास गर्नेमा श्रेष्ठ भूमिका छ, विचार र राजनैतिमा कुशल हो, सक्षम संगठक हो,जनसम्वन्ध राम्रो भएको नेता हो, उहाँको पार्टीमा सधै अभाव खट्किने छ ।”
प्रवक्ता प्रकाण्डले नेता वीरजङ्गले क्रान्तिकारी आन्दोलनमा गरेको योगदान वारे थप चर्चा गदै नेकपा माओवादीको मुल नेतृत्वमा आएको विचलनदेखि पार्टीभित्रको खराव विचारका विरुद्ध निरन्तर संघर्ष गर्दैै नेकपाको क्रान्तिकारी विचार र नेतृत्वको रक्षा र विकास गर्ने सम्म महत्वपूर्ण काम गरेको योद्धा भएको प्रष्ट्याए ।
प्रवक्ता प्रकाण्डले दलालपूँजीपति वर्ग संगको लडाई वाहिर देखिएपनि यो साम्राज्यवादीहरु संगको लडाई भएको भन्दै यी दुवै प्रवृति पछिल्लो समय तीन बुँदे उल्लंघन गर्दै नेपाली जनताको मुक्तिको क्रान्तिविरुद्ध आएकोे र संघर्ष पेचिलो भएको उल्लेख गर्दै दलालपूजीपति वर्ग र सामाज्यवादी सवै खाले षड्यन्त्रका विरुद्ध क्रान्तिकारी शक्तिहरुले मोर्चा वनाएर संघर्ष गर्नुको विकल्प नभएको बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कटेलले जनताको मुक्तिका लागि नेता वीरजङ्गले महत्वपूर्ण काम गरेको चर्चा गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरेका थिए । उनले श्रद्धाञ्जली अर्पण गर्ने अधिकार इमान्दार क्रान्तिकारीहरुलाई मात्र हुने भन्दै क्रान्ति छोड्नेहरुले श्रद्धाञ्जली दिएर कुनै अर्थ नहुने वताए ।

यसैगरी , उक्त कार्यक्रममा वैज्ञानिक समाजादी पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति)ले मृत्यु सवै प्राकृतिक विज्ञान भएपनि ढिलो चाडो संयोगको कुरा मात्र भएको प्रष्ट्याउदै एउटा क्रान्तिकारी जस्तो हुनुपथ्र्यो नेता वीरजङ्ग त्यस्तै भएको टिप्पणी गरे। उनले दुश्मनको यातना मात्र मृत्युको कारण नभएर एलोेपेथिक औषधि विधि पनि भएको वताए । उनले कम्युनिष्टहरुले एलोपेथिक र अन्य उपचार विधिहरुको संयोजन गरी वैज्ञानिक र डाक्टरहरुको सहयोग लिएर एकीकृत उपचार विधिको वारे चिन्तन गर्नु पर्ने तर्क गरेका थिए ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पिविएम चन्द्रहरी सुवेदीले वीरजङ्ग वहुआयमिक,सरल व्यक्तित्व र क्रान्तिकारी योद्धा भएको वताए ।


यसैगरी , जनअधिकार अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वीरजङ्गलाई सहिद घोषणा गर्न माग गरे । उनले क्रान्तिमा लाग्दा लाग्दै दुश्मनको यातनाका कारण उपचारका क्रममा मृत्यू भएकाले सहिद घोषणा गर्नु पर्ने बताए । नेता वीरजङ्गको सामान्य प्राकृतिक मृत्यु नभएर सरकारको यातनाका कारण मृत्यु भएको अधिवक्ता भण्डारीको दावी थियो ।
तत्कालिन नेकपाका केन्द्रीय सदस्य नेता वीरजङ्ग २०७६ असोज ३० गते दाङको सीमा क्षेत्रमा आयोजना गरिएको पार्टी कार्यक्रम स्थल वाट सुराकीका कारण पक्राउ परेका थिए । तीन वँुदे सहमतिपछि नेता वीरजङ्ग २०७८ वैसाख १९ गते रिहाई हुनु भएका थिए । उनि रिहाई हुनु अगाडि जेलमा विरामी परेका थिए। पार्टीले उनलाई थप उपचारको लागि भारत नयाँ दिल्लीको म्याक्स अस्पतालमा पुर्याएको थियो । तर उनको मुटुको दोस्रो पटक गरिएको अप्रेसनपछि उपचारका क्रममा ६१ वर्षको उमेरमा २०७८ साल असोज २८ गते राती मृत्यु भएको थियो ।


स्मृति ग्रन्थ सार्वजनिक कार्यक्रममा नेकपा माओवादी समाजवादीका सचिव अरुण घिस्रिङलगायतका वक्ताहरुले वीरजङ्गको योगदानको चर्चा गरेका थिए । नेकपाका नेता अनिल शर्मा विरहीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रकाश डुम्रेले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु