‘नागरिकता समस्या शक्तिशाली आयोग बनाएर निरुपण गर’

२०७९ भाद्र २३ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेपाल देशको सार्वभौमिकता र राष्ट्रिय स्वाधिनतासँगअभिन्न रुपमा जोडिएको नागरिकतासम्बन्धि विधेयकको सवालमा उठेका संवेदनशील र गम्भिर मुद्दाहरुको निरुपण गर्न जरुरी भएको उल्लेख गर्दै त्यसका निम्ति शक्तिशाली आयोग बनाएर निरुपण गर्न र राष्ट्रिय एकता कायम गर्न नेपाल सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ। सो पार्टीका प्रवक्ता प्रकाण्डले बिहिबार साँझ एक बिज्ञप्ती जारी गर्दै सो ध्यानाकर्षण गराएका हुन् ।
प्रवक्ता प्रकाण्डले नेपाल सरकारले संसदमा पेश गरी पारित गरेको ‘नेपालनागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक’ राष्ट्रिय रुपमा सबभन्दा बढी बहस, विवाद र विरोधको मुद्दा बन्न पुगेको उल्लेख गर्दै ‘नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगाननभएको प्रत्येक नवालक र अंगिकृत नागरिकता’को विषय त्यसको केन्द्रमा रहन गएको वा नागरिकता भनेको जनताको अधिकार र राष्ट्रियताको अहम् मुद्दा भएको ठोकुवा गर्दै हिमाल, पहाड, तराई,मधेशका सबै नेपालीनागरिकले निर्विवादरुपमा नागरिकता प्राप्त गर्नु पर्ने बताएका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – “नागरिकताविधेयक सम्बन्धी राष्ट्रिय मुद्दामा पार्टीको धारणा सार्वजनकि गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१. नेपाल सरकारले संसदमा पेश गरी पारित गरेको ‘नेपालनागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक’ राष्ट्रिय रुपमा सबभन्दा बडी बहस, विवाद र विरोधको मुद्दा बन्नपुग्यो ।‘नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगाननभएको प्रत्येक नवालक र अंगिकृत नागरिकता’को विषयत्यसको केन्द्रमा रहनगएको वानागरिकता भनेको जनताको अधिकार र राष्ट्रियताको अहम् मुद्दा हो । हिमाल, पहाड, तराई,मधेशका सबै नेपालीनागरिकले निर्विवादरुपमा नागरिकता प्राप्त गर्नु पर्दछ ।
२. नेपाल देशको सार्वभौमिकता र राष्ट्रिय स्वाधिनतासँगअभिन्न रुपमा जोडिएको नागरिकता सम्बन्धिविधेयकको सवालमा उठेका संवेदनशील र गम्भिर मुद्दाहरुको निरुपण गर्न जरुरी छ । त्यसका निम्ति शक्तिशाली आयोग बनाएर निरुपण गर्न र राष्ट्रिय एकता कायम गर्न नेपाल सरकार र सम्बद्ध निकायको नेपाल कम्युनिस्ट पार्टी गम्भिर ध्यानआकर्षण गराउँदछ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु