साफ महिला फुटबल च्याम्पियनसिप सुरु

२०७९ भाद्र २१ गते, मंगलवार


काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि काठमाडौंमा हुँदैछ । प्रतियोगितामा नेपालसहित साविक विजेता भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात टिमले प्रतिस्पर्धा गर्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले भुटानको सामना गर्नेछ । खेल नेपाली समयअनुसार साँझ ५:३० बजे हुनेछ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ । सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल तुलनात्मक रुपमा सहज मानिएको समुह ‘बी’ रहेको छ । यो समुहमा नेपालसँगै श्रीलंका र भुटान छन् ।
यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । पाकिस्तानले साफ महिला फुटबल च्याम्पियनसिपमा ८ वर्षपछि सहभागिता जनाउन लागेको हो । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।
महिला साफको पाँच संस्करणमा नेपाल चार पटक उपविजेता बनेको छ । नेपालकै विराटनगरमा भएको पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु