फ्रेन्च लिग वानमा पीएसजीको सानदार जित

२०७९ भाद्र १६ गते, बिहीबार


काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले टुलुजलाई उसैको घरेलु मैदानमा ३-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई सहज जित दिलाउनको लागि नेयमार, केलियन एमबाप्पे र जुआन बर्नाटले समान एक-एक गोल गरे । खेलको ३७औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले लियोनेल मेस्सीको पासमा गोल गरेका थिए । ५०औं मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयमा बर्नाटले गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए । यो जितसँगै अपराजित रहेको पीएसजी ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान १३ अंक नै रहेपनि लेन्स र मार्से गोल अन्तरमा पीएसजीभन्दा पछि छ । पराजित टुलुज ५ अंक जोडेर १३औं स्थानमा छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु