के तत्काल जनक्रान्ति सम्भव छ ?

विनोद दाहाल २०७९ भाद्र १४ गते, मंगलवार

संसदीय व्यवस्था जनताको होइन, बुर्जुवा वर्गको हो । संसारभर यो व्यवस्थाले समाधान दिएको छैन, दिने सवाल पनि हुन्न । शासक, प्रशासकहरु र बुर्जुवाहरु यो जनताको हो भनेर भ्रम दिइराख्दछन्् र ब्रम्हलुट गरिरहेका छन्् । यो व्यवस्थामा बुर्जुवाहरु नयाँ(नयाँ रुप र रङ्गमा आउँछन्् र आफ्नो वर्गको स्वार्थ पूरा गर्दछन्् । पहिला बुर्जुवा वर्गको सरकारमा पुग्ने र पछि जनतासँग नजिक हुने निहुँमा चुनावको नाटक गर्दछन्् । सारमा संसदीय निर्वाचन भनेको बुर्जुवाहरु प्रतिस्पर्धा गरेर उनीहरुको हितमा काम गर्न सक्षमयोग्य मानिस छान्ने चुनाव हो । जनता केवल साक्षी मात्र हुन् । उत्पादनका साधनहरुको सामाजिक स्वामित्व कायम गरौं भन्ने नारा लिएरसमेत चुनावमा जान दिन्छन्् तर त्यो ल्याउन चाहिँ अदालत र सेना प्रयोग गरेर दिंदैनन् । यो बुर्जुवा अधिनायकवाद हो । सारमा यो लोकतान्त्रिक नामको संसदीय पुँजीवादी व्यवस्था पुँजीवादी अधिनायकवाद हो ।

अर्कोतिर सर्वहारा वर्गले संसदीय व्यवस्थामा भाग लिन थाल्छ भने वर्गसंघर्ष भुत्ते हुँदै जान्छ, यही कारणले बोली र व्यवहारको तालमेल मिलाउन नमिलेको देख्दछन्् । संसदीय व्यवस्थामा भाग लिन पुगेका कम्युनिस्ट नामका दलहरु सधैँ असफल भएका छन्् । बरु अरु नाममा संसदीय व्यवस्था भित्र आफ्ना प्रतिनिधि पठाउनेहरुले शक्ति सञ्चय गर्दै क्रान्तिको मार्ग खोल्नेसम्मको काम गरेका छन्् । संसदीय व्यवस्थामा भक्तपुरमा कांग्रेस होस् कि अरु, रोहितले जित्ने हुन् । प्युठानमा मसालले जित्छ । जहाँका पनि जनता त हुन्, जित्ने भनेको पकड जमाउनेले हो । यो संसदीय व्यवस्थामा दलाल संसदवादीको पकड बढी हुन्छ र आम रुपमा उनीहरुले नै जित्ने हुन् । भक्तपुर होस् वा प्युठान, त्यहाँ पनि दलालहरुले पकड जमाउँदै जानेछन्् । यस्तै आआफ्नो पकड क्षेत्रमा चुनाव लड्न जानुपर्ने भएपछि जनताले स्वतन्त्र निर्णय गर्छन् भनेर कसरी पत्याउने ? जिते पनि जनताको व्यवस्था मिलाउन नपाएपछि कम्युनिस्ट र क्रान्तिकारिहरुले संसदीय व्यवस्थालाई अग्रगमनको बाटो किन बनाउने ? यहाँ बनाएका छन्् किनकि उनीहरु छदम् रुपका प्रतिक्रियावादी हुन् । क्रान्तिकारीले अर्को बाटो रोज्न किन सकेका छैनन् भने उनीहरुले वर्गशत्रु नै चिनेनन् ।

प्रष्ट छ यो जनताको व्यवस्था होइन, सुधारिएको संसदीय व्यवस्था नै हो र माओवादी आन्दोलनको सबैभन्दा ठूलो उपलब्धिको रुपमा आएको शोषणको नयाँ रुप भएको राज्य व्यवस्था हो । यो व्यवस्था निरङ्कुश सामन्तवादी प्रतिक्रियावादीलाई सत्ताच्युत गर्न अर्को उदार अर्थतन्त्र मान्ने दलाल प्रतिक्रियावादी शक्तिसँग साँठगाँठ गर्दै ल्याएको व्यवस्था हो । माओवादीले एउटा प्रतिक्रियावादी शक्तिको ढाडमा टेक्दै अर्कोको टाउकोमा प्रहार गरी नासिमासी ल्याएको व्यवस्था हो । ढाडमा चढ्न दिन वाध्य भएका प्रतिक्रियावादी अहिले पछुतो मानिरहेका छन्् । उनीहरुले एमाले कब्जा गर्न सफल भएका छन्् र काँग्रेस कब्जा गर्न ४० प्रतिशत पु¥याएको दावी गरिरहेका छन्् । यही अवस्थामा अहिले सत्ताच्युत भएको प्रतिगामी तत्वहरु एमालेको बुई चढेर प्रतिगामी गठबन्धन बनाउन सफल भएको छ । सबैजसो राजावादी सामन्ती चेतना बोकेका तत्वहरु अहिले सलबलाएका छन्् । यो शक्ति पनि दलाल तथा नोकरशाही शक्ति नै हो । कम्युनिस्ट एकताका नाममा भएको गठजोर भत्काएर अघोषित गठजोर गरी उनीहरुले सत्ताको दुरुपयोग गर्दै विभिन्न हर्कत गरे, राज्यका अंगहरुमाथि सेटिङ मिलाएर संसद पटकपटक भत्काएर प्रतिगमनको बाटोमा देशलाई हिंडाउने असफल प्रयास गरे । त्यसका लागि क्रान्तिकारी शक्तिको पनि चरम दुरुपयोग गरे । सत्ता जोगाउन विस्तारवादी जासुसी प्रमुखलाई शासन चलाउने केन्द्र बालुवाटारमा राखेर उसैको निर्देशनमा फासिवादी शासन चलाउने दुस्साहस ग¥यो । क्रान्तिकारी शक्तिलाई प्रतिबन्ध फुकुवाको नाममा काखमा राखेर छुरी धस्ने काम गरे, न आस्थाका बन्दीहरु छोडे न त मुद्दाहरुनै फिर्ता गरे । अहिले त्यो शक्ति पानीमाथिको ओभानो हुन आपूmले क्रान्तिको बाटोबाट फर्काउन सकेको षड्यन्त्रकारी भाषा बोलिरहेको छ ।

अर्को १२ बुँदेदेखि मिलिरहेको दलाल यथास्थितिवादी शक्ति छ जसले क्रान्तिकारी शक्तिलाई अनुदारवादी व्यवहार गर्छ र गरिरहेको छ । आफैंले वा पूर्वर्ती सरकारले सबै मुद्दाहरु फिर्ता गर्ने सहमति बिपरित क्रान्तिकारी नेता, कार्यकर्तालाई पक्राउ गर्ने पुर्जी काटेर आफ्नो नियत र वर्गपक्षधरता देखाएको छ । क्रान्तिकारि शक्ति अहिले बिघटित अवस्थामा छन््, समूहहरुमा बाँडिएर बसेको अवस्थामा छन्् । क्रान्तिको कार्यभार पूरा गर्न यो व्यवस्थाको भण्डाफोर गरेर जानुपर्ने अवस्था हुन्छ र वर्गसंघर्षलाई मूर्त वा ठोस रुप दिनुपर्ने हुन्छ, त्यो सकिरहेको छैन । एउटा समस्या त यो भण्डाफोर गर्नुपर्ने राजनैतिक व्यवस्था नै आफैंले ल्याएको हो । यो व्यवस्था ल्याउन गरेको वलिदानीपूर्ण संघर्षमा प्रतिक्रियावादी फुटको कारण एउटा पक्षको साथ र समर्थन हुन पुगेको मात्र हो, उनीहरुले खोजेको र ल्याएको व्यवस्था नभएकाले उनीहरुको स्वामित्व ग्रहण हुने कुरै रहेन, स्वामित्व ग्रहण भएको माओवादीको अवसरवादी तप्काको छ । अहिले सबै संसदवादी कित्ताले यही तप्कालाई संसदीय चुनावको माध्यमबाट आक्रमणको निशाना बनाएका छन्् । यस्तो वेलामा क्रान्तिकारिका लागि भण्डाफोरको नीति लागू गर्न सहज छैन । त्यसैले क्रान्तिकारि आन्दोलन प्रभावकारी हुन सकिरहेको छैन र वर्ग संघर्षले मूर्त रुप लिन सकिरहेको छैन । अहिले क्रान्तिकारीको कार्यभार आपूmमाथि सुनियोजित ढङ्गले गरिएको आक्रामक व्यवहारबाट छुटकारा पाउने प्रयास मात्र सीमित भएको छ ।

नेपाल बन्द, जनअधिकार र नेपाली चेतनाबारेमा केही बुझ्नै पर्छ र भन्नै पर्छ । नेपाल बन्दको दिन आन्दोलनकारीहरु प्रतिगामी र यथास्थितिवादी दलाल प्रतिक्रियावादी भए सडकमा निस्किएर जम्मा हुन र नारा लगाउन पाउँछन्् तर अग्रगामी क्रन्तिकारीहरु भए निस्कनासाथ गिरफ्तारीमा पर्ने र थुनिनुपर्ने हुन्छ । यो सबैले देखेको र भोगेको कुरा हो । हिजो ४ वटा दलहरुले सरकारले आफ्नो प्रतिबद्धता र उत्तरदायित्व पूरा नगरेको भन्दै नेपाल बन्दको आयोजना गरेका वेलामा सडकमा जाने “सडक सरसफाई” को कार्यक्रम राखेको बेलामा पक्राउ गर्न अप्ठ्यारो परेका पुलिसले सिभिलमा आएर घेरा हालेर कुटपिट गरेर “जनताले कुटेको” नाटक मञ्चन गरे । प्रतिक्रियावादी दलालहरुको सत्ता भएकाले प्रचारमा प्रभाव बडाए र जनतालाई भ्रममा पारे– “बन्दले वाक्कदिक्क भएका जनताले कुटपिट गरे” भनेर । त्यहाँ वाक्कदिक्क भएका जनताले त्यस्तो गर्नुपर्ने अवस्था थिएन । यति सरल कुरालाई जनताबीच भ्रम छर्नको लागि यो देशका मिडियाहरुको चरम दुरुपयोग गरियो । दलाल पुँजीपति वर्गबाट पालिनु पर्ने र स्वतन्त्र मिडिया भनिनुपर्ने अवस्थाको चेपमा परेर ती मिडियाहरु जनबिरोधी कार्यमा दुरुपयोग भए । राज्यप्रति आफ्नो पनि उत्तरदायित्व छ भनेर जनताले पनि सधैँ राष्ट्रियताका लागि, जनवादी राज्यव्यवस्थाका लागि र जनताले भोगिरहेका तमाम समस्याहरुका लागि लडिरहेका क्रान्तिकारी शक्तिहरुले जनबिरोधी कार्य गरेका होइनन्, त्यस्तो गर्दैनन् र ती शक्तिलाई साथ र सहयोग गर्नुपर्छ भनेर बुझ्नु जरुरी हुन्छ । दलाल प्रतिक्रियावादीहरुले पार्ने भ्रमबाट आपूmलाई मुक्त गर्नुपर्छ ।

तत्काल अब के हुनसक्छ ? सहज उत्तर छ– राज्यबाट दमन हुन्छ, जनताको कुरा नसुन्ने, संसदीय चुनावको बिकल्प नदिने र सधैँ वाह्य शक्ति निम्त्याउन उद्यत हुने नाङ्गो दलाल शक्ति सत्तामा रहने स्थिति आएकाले दमनमाथि दमन नै भैराख्ने छ । फेरि पनि क्रान्तिकारी शक्तिहरु अझ छिन्नभिन्न हुनेछन््, यो व्यवस्था यही अवस्थामा रहनेछैन र असैह्य दमन सहन नसकी नयाँ युवाशक्तिको विद्रोहपछि मात्र यो व्यवस्थाको भण्डाफोर गर्दै वर्गसंघर्ष अगाडि बढाउने छन्् । अहिले त्यसको वस्तुगत आधार मात्र देखिएको अवस्था छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

राष्ट्रिय सङ्कट र समाधान

२०८० आश्विन २१ गते, आईतवार

समाजवादी मोर्चा, नेपालको गठनबारे

२०८० भाद्र ४ गते, सोमबार

जेलमा रेशम चौधरीसँग भेट

२०८० बैशाख २४ गते, आईतवार

नवौँ महाधिवेशनका मुख्य संश्लेषणहरु

२०७९ फाल्गुन १० गते, बुधबार