एसिया कप क्रिकेटका क्वालिफायर खेल ओमानमा

२०७९ श्रावण २५ गते, बुधबार

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसीसी एसिया कप क्रिकेटका क्वालिफायरका खेलहरू ओमानमा हुने जनाएको छ । एसीसीले बुधबार विज्ञप्ति निकालेर छनोट खेलहरू ओमानमा हुने जानकारी दिएको हो । यही अगस्ट २७ बाट यूएईमा सुरु हुने एसिया कपका लागि छनोट प्रतियोगिता अगस्ट २० बाट २४ सम्म हुनेछ । प्रतियोगितामा सिंगापुर, युएई, हङकङ र कुबेत सहभागी हुने एसीसीले जनाएको छ । सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् भने शीर्ष स्थानको टोली एसिया कपका लागि छनोट हुनेछन् । यहाँबाट छनोट हुने टोली समूह ‘ए’ मा रहेको छ ।
समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान रहेका छन् । प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । समूह ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ । टी–ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने एसीसीले जनाएको छ । २७ अगस्तमा पहिलो उद्घाटनमा खेल श्रीलंका र अफगानिस्तानबीच हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु