रुसद्वारा युक्रेनको मध्यभागमा रातभर गोलाबारी : १२ जनाको मृत्यु

२०७९ श्रावण २५ गते, बुधबार

काठमाडौं । युक्रेनको मध्यभागमा रातभर रुसी गोलाबारी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। निप्रोपेत्राेभस्क क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रमा ११ जनाको ज्यान गएको र जापोरिज्जिया क्षेत्रमा १ जनाको मृत्यु भएको बताएका छन्। युरोपको जापोरिज्जियामा सबैभन्दा ठूलो आणविक प्लान्ट रहेको छ। दुई देशले एकअर्कालाई सप्ताहन्तमा गोली हानेको आरोप लगाएका छन्। रुसले युक्रेनमा विस्फोटका शृंखला घटाएको बताइरहेका बेला पछिल्लो विस्फोटको घटना सार्वजनिक भएको हो।
त्यसअघि रुसी एयरबेसमा शृंखलाबद्ध विष्फोटमा एक जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका थियो। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्रिमियाबाट सुरु भएको र यसको मुक्तिसँगै अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन्। ‘क्रिमिया युक्रेनी भूभाग हो र हामी यसलाई कहिल्यै छोड्ने छैनौं’, उनले भने। क्रिमिया आधिकारिक रुपमा युक्रेनको महत्वपूर्ण भूभाग हो। तर, सन् २०१४ मा एक जनमत संग्रहपछि रुसले कब्जा गरेको थियो। यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध रूपमा हेर्दै आएको छ । युक्रेनीहरूले यसलाई रूससँगको युद्धको कारकको रूपमा हेर्छन्।

प्रतिक्रियाहरु