मुक्तक संग्रह

जे आर बैद्य २०७९ श्रावण २४ गते, मंगलवार


१ – सगरमाथा ढल्दैछ
आकास खस्दैछ
भाग खोसिने डरले
प्वाँख पनि ह्वेल बन्दैछ।

२- रोम जल्दा न्युरो बाँसुरी बजाउँछ,
कोशी बहुलाउदा पाँचतारेमा नाच चल्छ।
गरीबको उठी बास हुदा के गर्ने खै ?
पाँच किलो चामलले मुख सिलाईन्छ।

३- सोह्रै आना सत्य देखेको कुरा,
छाती ताके पनि भन्न डराइन।
छातीमाथि ढुङ्गा राखी हासेँ
तर बाङ्गोलाई सोझो भनिन।।
४) जेल त खाइयो पञ्चायतमा
तर हरेस भने खादै खाइएन ।
राजनीति गर्ने भागे पनि
आफू भने भेँडा बनिएन ।।
५- खाई पाई आएको तलब
त्यति भएन खाशै मतलब ।
होल टाइमरलाई त जहाँ नि हुन्थ्यो
आफू भने हुन्थ ेंसधै तनाब ।।
६- साम्यबाद छ सुन्दर सपना
झुक्दै नझुक्ने यात्रा छ बिपना ।
पारी परिक्षितिज पुग्ने आँट मेरो
यही छ मीठो सपना- जपना ।।

७ – मेरोगाउ मेरोँ मेरो शहर
औधी लाग्छ बस्न मलाई रहर।
किशानका कथाहरु त्यहीँ छन्
छैन छैन मलाई गाउँमा डर ।।
८- अन्त कहाँ छ स्वर्ग ? यहीँ नेपालमा छ
हिमालमा छ, पहाडमा छ तराईमा छ।
श्रमिक हुन ठूला बनाउँ छन् ईश्वर
सत्ता पल्टाउने ठूलो शक्ति उनमा छ ।
९- साम्राज्यबाददानबहो
दलालपुजिबाददानबको पुच्छर हो
नाचिरहेछन् दलाल देशमा
देशखाने कम्युनिष्ट भेष हो ।
१०- एमसीसी एसपीपीले किन्छ देश
डलरको लोभमा बेच्छन् नेपाली भेष
लेण्डूपे दोर्जे यहीँ छन् नेपालमा
सके सके देश नागरिकताले मधेश ।।
(नोट: मुक्तमा तेस्रो हरफ अनुछ्र्छेद मुक्त हुन्छ।)

प्रतिक्रियाहरु