विश्व आदिवासी दिवस मनाइदै

२०७९ श्रावण २४ गते, मंगलवार


काठमाडौं । आज ९ अगस्ट विश्व अर्थात आदिवासी दिवस । संयुक्त राष्ट्र सङ्घले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको छ । नेपालमापनि यो दिवस भव्यताका साथ मनाउँन थालिएको छ । यस वर्षको नारा आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका तय गरिएको छ । दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम भईरहेका छन् । आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष कार्यक्रम हुँदैछ ।
‘आदि’ भनेको धेरै पुरानो अथवा ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ । कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोबास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका, आफ्नै विशिष्ट कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समूदायलाई आदिवासी भनिन्छ । मानव सभ्यताको विकाससँगै बसाई–सराइको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्न गई उनीहरुको पहिचान, अस्तित्व, फरक गुण अनि रितीरिवाजमा कमी आउन थालेको छ ।
यसैबीच, विश्व आदिवासी दिवसका अवसरमा तनहुँका ६ वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । शुक्लागण्डकी, भानु, व्यास नगरपालिकासहित म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु