अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको घरमा एफबीआईको छापा

२०७९ श्रावण २४ गते, मंगलवार

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निवासमा संघीय जाँच ब्यूरो (एफबीआई) ले छापा मारेको बताएका छन । ट्रम्पको फ्लोरिडास्थित आलिसान निवासमा छापा मार्ने क्रममा दर्जनौं सुरक्षाकर्मीले निवास केही बेर नियन्त्रणमा लिएको उनको आरोप छ । उनले एक विज्ञप्ति जारी गर्दै आफ्नो निवास कब्जामा लिएको बताउदै आफूले सहयोग गर्दा गर्दै पनि अनाधिकृत रुपले निवासमा छापा मारेको आरोप लगाएका छन ।
गत वर्ष अमेरिकी क्यापिटल भवनमा भएको दंगामा ट्रम्पको संलग्नता भएको भन्दै छानबिन प्रक्रिया जारी रहेकै बेला उहाँकाे निवासमा छापा मारिएको खबर बाहिर आएको हो । घरमा छापा मार्ने समयमा पूर्वराष्ट्रपति ट्रम्प भने न्यूयोर्क शहरको ट्रम्प टावरमा रहेका थिए । उनी राष्ट्रपति हुँदा सरकारी कागजातको दुरुपयोग सम्बन्धमा छानबिनका लागि छापा मारेको जनाइएकाे छ ।

प्रतिक्रियाहरु