एथलेटिक्स खेलाडी लिएन्ड्रोको हत्या

२०७९ श्रावण २३ गते, सोमबार


काठमाडौं । ब्राजिलको एथलेटिक्स जिउ जित्सु च्याम्पियन लिएन्ड्रो लोको गोली हानी हत्या गरिएको छ । ब्राजिलको साउ पाउलोस्थित नाइट क्लबमा ड्युटीबाहिर रहेका प्रहरीले उनको गोली हानी हत्या गरेको हो । गोली प्रहार लगत्तै फरार भएका प्रहरीको खोजी कार्य भने जारी रहेकाे छ । टाउकोमा गोली लागेका लोको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । उनको ब्रेन डेडका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । ३३ वर्षीय लोले ब्राजिलका लागि ८ वर्षसम्म एथलेटिक्समा लगातार स्वर्ण पदक दिलाएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु