नेकपाका नेतालाई ‘पक्राउ पुर्जी जारी गरेर बम पड्काउन जाउँ’ भन्न खोजिएको त होइन ?

२०७९ श्रावण २२ गते, आईतवार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग गरेको छ । आइतबारको प्रतिनिधिसभाको बैठकमा वोल्दै एमालेका सांसद प्रदिप ज्ञवालीले नेकपाका नेताहरुलाई पक्राउ पुर्जी जारी गर्ने कुराको कुनै औचित्य नभएको बताउदै ‘पक्राउ पुर्जी जारी गरेर बम पड्काउन जाउँ’ भन्न खोजिएको त होइन ? भन्दै सरकारको कडा शव्दमा विरोध गरेका छन ।
सांसद ज्ञवालीले बढो महत्व र मिहिनेतका साथ शान्तिपूर्ण बाटोमा नेकपालाई ल्याएकोमा धन्यवाद दिनुको साटो पक्राउ पुर्जी जारी गर्ने कुरा गलत भएको वताए । उनले पक्राउ पुर्जी जारी गरेर सरकारले चुनावमा बुथ क्याप्चर गर्ने योजना त बनाइरहेको छैन भन्दै उनले प्रति प्रश्न गरे – ‘सरकारलाई कतै यो लागिरहेको छ, चुनावका बेलामा दुईचार ठाउँ बम पड्काएर विप्लवको थाप्लोमा हालेर बुथ क्याप्चर गर्नका लागि त होइन’ ?

प्रतिक्रियाहरु