तेल तथा ग्यास कम्पनीले अनैतिक नाफा लिए !

२०७९ श्रावण १९ गते, बिहीबार

काठमाडौं । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले तेल तथा ग्यास कम्पनीहरूले विचित्र लोभ प्रदर्शन गरेर सर्वसाधारणलाई शोषण गरेको आरोप लगाएका छन । त्यस्ता कम्पनीहरूमाथि चर्को कर लगाएर सर्वसाधारणलाई बचाउन पनि उहाँले विश्वका सरकारहरूलाई आह्वान गरेका छन । विश्वभर उर्जा संकट बढिरहेको बेला तेल तथा ग्यास कम्पनीहरूले अजीबको लालच देखाएर अनैतिक नाफा कुम्ल्याईरहेको र त्यसको मार तल्लो वर्गले भोग्नुपरेको बताए । अमेरिकाका दुई ठूला तेल कम्पनी एक्सोन मोबिल कर्पोरेसन सेब्रोन, बेलायतको शेल तथा फ्रान्सको टोटल इनर्जीले संयुक्त रूपमा पछिल्ला तीन महिनामा ५१ अर्ब डलर नाफा कमाएको उनले दाबी गरे । ती कम्पनीहरूले अघिल्लो वर्षको सोही अवधिमा भन्दा दोब्बर नाफा कमाएको पनि महासचिव गुटेरसको भनाइ छ ।

‘यस्तो अत्याधिक नाफामाथि कर लगाएर तल्लो वर्गका मानिसहरूलाई सहयोग गर्न म सरकारहरूलाई आग्रह गर्छु,’ उनले भने । जैविक इन्धन उद्योग र तिनका लगानीकर्ताहरूको विचित्र लोभका कारण गरीबहरू झन् गरीब बनेको र साझा घर पृथ्वीलाई ध्वस्त पारिरहेको उनको आरोप छ ।

प्रतिक्रियाहरु