पतिलाई यौन हिंसाको आरोप लगाउँदा १ करोड डलर जरिवाना !

२०७९ श्रावण १९ गते, बिहीबार


काठमाडौं । ‘पाइरेट्स अफ द क्यारेबियन’ फेम्ड अभिनेता जोनी डेपकी पत्नी अभिनेत्री एम्बर हर्डले आफ्ना पतिलाई यौन हिंसाको आरोप लगाउँदा अदालतले उल्टै १ करोड डलर तिराएपछि घर बेच्नु परेको छ । हर्डले सम्वन्ध विच्छेद भइसकेका पतिलाई क्षतिपूर्ति तिर्न आफ्नो घर बेच्नु परेको हो । उनीहरु केही समय अघिदेखि आफ्नो व्यक्तिगत जीवनले चर्चामा छन् । विवरण अनुसार एम्बरले क्षतिको रकम तिर्न आफ्नो घर बेचेकी छन् ।
उनले यसअघि पूर्वपति डेपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि अभिनेताले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरे । यस मुद्दामा डेप विजयी भए र अदालतले एम्बरलाई १० मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दियो । केही दिनपछि अदालतले यस विषयमा फेरि हस्तक्षेप गर्दै क्षतिपूर्ति भराउन लिखित आदेश दिएको थियो ।
रिपोर्टका अनुसार एम्बरले क्यालिफोर्नियाको मरुभूमि, युक्का भ्याली ई–स्टेटमा रहेको आफ्नो सम्पत्ति बेच्ने सम्झौता गरेकी छन् । यो सम्पत्ति ६ एकडमा फैलिएको छ जसमा तीन शयनकक्ष र तीन बाथरूम पनि छन् । हर्डले यो सम्पत्ति १.५ मिलियन डलरमा बेचेकी हुन् । यो सम्झौताले उनलाई ५ लाख डलर फाइदा भएको छ । जोनी–एम्बर मुद्दामा न्यायाधीशले आधिकारिक रूपमा क्षतिपूर्ति रकम घोषणा गर्दै पत्र जारी गरेका थिए । उनले आफ्नो आदेशमा दुवै जनाले आ–आफ्नो रकम छिट्टै भर्नुपर्ने लेखेका छन् । जसमा जोनी डेपको छवि बिगारेको आरोपमा अदालतले एम्बरलाई १ करोड डलर तिर्न भनेको थियो । योसँगै जोनीले अम्बरलाई २० लाख डलर दिन पनि आदेश दिएको थियो ।
यसअघि डेपका वकिलले एम्बरले अदालतको निर्णयलाई थप चुनौती नदिएमा आफूहरुले त्यसबाट क्षतिपूर्ति नलिने बताएका थिए । वकिलले अघि भने, ‘यो मानहानी मुद्दा पैसाको लागि कहिल्यै थिएन । यो केस सधैं जोनीले गुमाएको सम्मानको लागि थियो । यदि एम्बर हर्डले मुद्दालाई थप चर्काउँदिनन् भने जोनीले क्षतिपूर्ति रकम नलिन पनि सक्छन् ।’
हर्डले जोनी डेपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि अभिनेताले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । हर्डले डेपविरुद्ध दुर्व्यवहार र मानसिक उत्पीडनको दाबी गरेकी छन् । हर्डले अदालतको निर्णयलाई निराशाजनक भनेर टिप्पणी गरेकी थिइन् । निर्णयले आफ्नो मन टुटेको उनले बताएकी थिइन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु