पक्राउ पुर्जी

अनिता गजमेर २०७९ श्रावण १७ गते, मंगलवार


सरकार तिम्रो सत्ता टिकाउन
बिदेशीलाई खुशि पार्न
हाम्रो नाममा पक्राउ पुर्जी जारी गर
हामी हातमा हत्कडि लाउन आतुर छौ !
तर तिम्रो त्यो जेल नेल र हत्कडिले
हाम्रो बिचार र भाबनालाई रोक्न कहिले सक्दैन !
अन्यायको विरुद्ध ,भ्रष्टाचारको विरुद्ध आवाज उठाउँदा
हाम्रो बलिदानले यो देशको मुहार फेरिन्छ भनि
हामी त बलिदान गर्न शिरमा कफन बाँधेर हिडेका राता मान्छे हौं !

आगोको झिल्कालाई चलाउँदा के हुन्छ
त्यसको परिणाम राम्रोसंग दलालहरुले बुझिराख्दा हुन्छ !
संख्याको हिसाबले तिमीहरुले हामीलाई थोरै देखेका होला,
हामीले नि तिमिहरुले जस्तै चाहाने हो भने
तिम्रो त्यो सिहदरबार र शितलनिबासलाई कब्जा गर्न
राम्रोसंग जानेका छौं चेतना भया !
हामी चाहान्छौ देशमा द्वन्द नहोस
देशमा रक्तापात नदोहोरीयोस
सरकार हामीलाई जबर्जस्त द्वन्दमा धकेल्दै छ,
हामी चाहान्छौ तिन बुँदे सहमति कार्यन्वयन गर
देशमा शान्ति सम्झौता कायम गर !
हाम्रा बन्दी साथीहरू रिहाई गर !

प्रतिक्रियाहरु