वैज्ञानिक समाजवाद अपरिहार्य

२०७९ श्रावण १६ गते, सोमबार

दिनेश सारू मगर

२०७७ साल फाल्गुन २१ गते नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच ३ बुँदे समझदारी सम्पन्न भयो । सहमतिको पहिलो बुँदामा भनिएको थियो कि नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक र स्वाधीनताको समस्यालार्ई शान्तिपूर्ण संवादमार्फत् समाधान गर्ने । तेसैगरी दोश्रो बुँदामा नेपाल कम्युनिस्ट पार्टीले सम्पूर्ण राजनीतिक कार्यक्रमहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने । तेसैगरी तेस्रो बुँदामा नेपाल कम्युनिस्ट पार्टी माथि लगाएको प्रतिबन्ध खारेज गर्ने, झुट्टा मुद्दामा जेलमा रहेको सम्पूर्ण कार्यकर्तालार्ई रिहाई गर्ने र नेपाल कम्युनिस्ट पार्टीको नेताकार्यकर्तामाथि लगाइएको सम्पूर्ण झुट्टा मुद्दा खारेज गर्ने । नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध त्यही दिन खारेज भयो भने नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपामा संचालन गरिरहेको छ । तर, सरकारको तर्फबाट गर्नु पर्ने अन्य कुनै पनि बुँदा आजसम्म कृयान्वयन गरिएको छैन । नेपाल कम्युनिस्ट पार्टीसँग भएको सहमतिलार्ई कार्यान्वयन गरेर देश र जनतालार्ई निकास दिनुको सट्टा राज्यको नालायक दलाल शासकहरु एकपछि अर्को गर्दै राष्ट्रघाती सम्झौताहरु नेपाली जनतालाई लाद्न तल्लिन छ । नेकपासँग भएको तेस्रो बुँदा कार्यान्वयन भएपछि पहिलो बुँदामा छलफल गर्ने भन्ने सहमती भएको थियो । पहिलो बुँदाअन्तर्गतको नेपालको राजनीतिक, आर्थिकलगायत स्वाधीनताको समस्यालार्ई समाधान गर्नको निम्ति नेकपाले आफ्नो सुस्पष्ट विचार अघि सारिएको थियो । जसअन्तर्गत नेपाली जनताले पटक–पटक नेपालका सबै दल र नेताहरुलाई चुनावमा जिताएर पठाइयो तर कुनै पनि दल र नेताले जनताको जीवन र भविष्यको बारेमा कहिल्यै केही गरेन । त्यसकारण अब पार्टी र नेता छान्ने होइन कि जनतालार्ई आफ्नो भविष्य निर्माण गर्ने ब्यवस्था छान्ने अधिकार जनता आफैँलाई दिनु पर्दछ । त्यसका लागि दलाल संसदीय पुँजीवादी ब्यवस्था ठिक कि वैज्ञानिक समाजवाद ठिक भन्ने विषयमा जनमत संग्रहको चुनाव गरौँ र यदि जनताले दलाल पुँजीवादलार्ई नै रोज्यो भने तिमी दलालहरु नै देश चलाउ यदि जनताले वैज्ञानिक समाजवादलार्ई रोज्यो भने हामी देश चलाउँछौ भन्ने नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक कार्यक्रम थियो ।

नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको राजनीतिक कार्यक्रम वैज्ञानिक समाजवाद कि दलाल संसदीय पुँजीवाद छान्नुको निम्ति जनमतसंग्रहको चुनाव गर्नुको सट्टा सरकार उहीँ पुरानै सडेगलेको काम नलाग्ने भएको स्थानीय तहको चुनावमा अघि बढ्यो । खासगरी सरकारले स्थानीय तहको चुनाव घोषणा गर्नुको कारण नेकपासँग गरेको सहमति तोड्नु थियो । त्यो चुनाव नेकपासँग भएको सहमतिको विरुद्धमा थियो । सरकार चुनावको तयारीमा जाने र नेकपा चुनावको विरुद्ध बहिष्कारमा जान्छ त्यसपछि नेकपासँग भएको कुनै पनि सहमति पनि कार्यान्वयन गर्नु पर्दैन र चुनाव बहिस्कार गरेपछि यही बहानामा नेकपालार्ई पूर्ण प्रतिबन्ध लगाइदिनु पर्छ भन्ने सरकारको षड्यन्त्रकारी बुझाई थियो । नेकपालार्ई प्रतिबन्ध लगाएपछि मस्तराम राज्यको ढुकुटी लुटेर खानु पाउँछ र दलाल सत्ताको लुटको स्वर्ग अलिबार लम्बिन्छ र जनतालार्ई लुटिरहनु पाइन्छ भन्ने बुझाई दलाल शासकको थियो । एक प्रकारले भन्दा खेरी गएको स्थानीय चुनाव नेकपालार्ई राज्यद्वारा थापेको राजनीतिक धराप थियो । त्यो राजनीतिक एम्बुसमा नेकपालार्ई फसाउनु पायो भने हाम्रो लुटको राज्यको आयु केही समय भए पनि लम्ब्याउन सकिन्छ भन्ने राज्यको दलाल शासकहरुको मनगढन्ते बुझाइ थियो ।

त्यही सेरोफेरोमा २०७८÷१२÷४ गतेबाट नेकपा केन्द्रिय समितिको १२ औं पूर्ण बैठक नेकपाको नवनिर्मित केन्द्रिय कार्यालय कपिलवस्तुमा बसेको थियो । उक्त बैठकमा अन्य विविध विषयसँगै सरकारले २०७९÷०१÷३० गतेको लागि घोषणा गरेको कथित स्थानीय तहको चुनावको सन्दर्भमा पनि बहस भयो । बहसमा केहीले चुनावको उपयोग गर्नुपर्ने, केहीले बहिस्कार गर्नुपर्ने र केहीले तटस्थ बस्नुपर्ने मिश्रित खालको प्रतिक्रिया आएको थियो । यी तिनै खालको प्रतिक्रियालार्ई एकीकृत गरेर पार्टी दर्ता गरेर चुनावमा नजाने तर यो सत्ताको धराप रुपि मोर्चालार्ई त्यसै नछाड्ने योजना अनुरुप प्रभाव क्षेत्र र सम्भाबित क्षेत्रहरुमा स्वोतन्त्र उम्मेदवारी दिने र दलाल पुँजीवादी सत्ताको भन्डाफोर गर्ने र हाम्रो पार्टीको उद्देश्य जनताकोमाझ लैजाने निर्णय एकमतले पारित गरिएको थियो । त्यसैगरी हाम्रो उम्मेदवार नभएको ठाउँमा देशभक्त, राष्ट्रवादी वामपन्थी, प्रगतिशील जनपक्षीय उम्मेदवारलार्ई सहयोग गर्ने नीति पास गरिएको थियो । यो नीति पास गर्नुको कारण पार्टीलार्ई जनताबाट नकटाउने र दुश्मनको एम्बुसलार्ई दुश्मनतिरै फर्काइदिने थियो । हाम्रो विचार जनतामा लैजाने र दलाल पुँजीवादी सत्ताको व्यापक भन्डाफोर गर्ने मुख्य अभिप्रायले २०७९÷०१÷३० को स्थानीय चुनावलार्ई सामना गर्ने र दुश्मनको धरापलार्ई सहजै छल्ने निर्णय गरिएको थियो ।

नेकपाले स्थानीय चुनावलार्ई स्वतन्त्र रुपमा उम्मेदवार दिएर फेस गर्ने निर्णय पारित गरेपछि सिन्धुली जिल्लाको मरिण गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लड्ने मैले घोषणा गरेँ । चुनाव हुनु करिब २० दिन जति मात्र हामीसँग समय थियो । हामीले हामीसँग भएको सबै सीमित श्रोत साधनलार्ई केन्द्रित गरेर चुनावी प्रचारप्रसारमा अघि बढीयो । हाम्रो मुख्य मिसन चुनाव जित्ने वा हार्नेभन्दा पनि दलाल पुँजीवादी संसदीय ब्यवस्था र उक्त ब्यवस्थालार्ई शिरोपरी ठान्ने दलालहरुको कालो कर्तुतको भन्डाफोर तथा पर्दाफास गर्नु थियो । जनतालार्ई चुनावमा दलालहरुले कसरी आफ्नो गलतधन्दालार्ई ढाकछोप गरी पैसा र धाक, धम्कीको बलमा भयभित पार्दोरहेछ भनी नजिकबाट अनुसन्धान गर्नु थियो हामीलाई । आजको दिनको जनताको चेतनास्तर के छ ? जनता साँच्चिकै क्रान्ति, परिवर्तन, मुक्ति चाहन्छन्् कि उहीँ पुरानै सडेगलेको संसदीय फोहोरको डङ्गुर वरिपरि घुमेर रम्न चाहन्छन् । अथवा मुक्तिको यात्रामा अघि बद्न कुन तत्वले जनतालार्ई अबरोध गरेको छ भन्ने यथार्थ तत्थ्य पत्ता लगाउनु थियो हामीलाई । जनताको वास्तविक जीवन स्थिति दलालहरुले जनतालार्ई भ्रममा पारी लुटिराख्ने मन्त्र पत्ता लगाउनु थियो । अन्ततः दलाल पुँजीवादी संसदीय ब्यवस्थाको विरुद्ध वैज्ञानिक समाजबाटको रुपरेखा जनताको माझ कोर्नु थियो । यी सबै विषयवस्तुलार्ई केन्द्र भागमा राखेर हामीले चुनावी कार्यक्रमहरु व्यापक रुपमा जनताको घर दैलोमा पु¥याएको थियो । हामीले मरिणबासी जनताको माझ पेस गरेको न्यूनतम कार्यक्रम यस प्रकार थियो ।

१. मरिण गाउँपालिकामा बसोबास गर्ने जनता मध्य ८० प्रतिशत जनतालार्ई बर्षभरी खेतीपाती गरेर छ महिना मात्र खान पुग्ने र अनिकाल परेर छ महिना बोरा बोक्नु पर्ने दुःखद् अवस्थाको अन्त्य गर्छौं ।

२. मरिण गाउँपालिकाबाट रोजिरोटीको ब्यवस्था गर्नुको लागि बिदेशिएका सबै युवाहरूलार्ई नेपाल फर्काएर रोजगारीको ग्यारेन्टी गर्छौं ।

३. मरिण गाउँपालिकामा भएको भ्रष्टाचारीको सम्पत्ति जफत (कब्जा) गरी राज्यको मातहतमा ल्याई जनताको हितमा प्रयोग गर्छौं ।

४. जनताको छोराछोरीलार्ई १२ कक्षासम्मको पढाई निःशुल्क पढाउछौँ र त्योभन्दा माथिको उच्च शिक्षाको लागि विशेष ब्यवस्था गर्नेछौ ।

५. मरिणमा बसोबास गर्ने सम्पूर्ण जनताको स्वास्थ उपचारको लागि १ लाखसम्म निःशुल्क गर्छौ त्योभन्दा माथि लाग्ने भएमा बिशेष ब्यवस्था गरी जनतालार्ई मृत्यु हुनबाट बचाइ सबै नागरिकले नेता सोसरह बाच्न पाउने अधिकारको ग्यारेन्टी गर्छौं ।

६. मरिण गाउँपालिकामा बसोबास गर्ने कोही पनि नागरिकलार्ई बालिनाली उत्पादन गर्नुको निम्ति जमिन अभाब भएर सुकुम्बासी भएर बस्नु पर्दैन सबै जनतालार्ई आवश्यकताअनुसारको जमिन बितरण गरी उप्लब्ध गराउँछौँ ।

७. मरिणको जनताले उत्पदन गरेर आपूmलाई बढी भएको सबै पसुपन्छीलगायत खाद्यान्नलार्ई गाउँपालिकाले खपत गरी बिक्रीवितरणको ब्यवस्था गर्छौं र जनतालार्ई चाहिने अत्यावश्यक सबै वस्तु निश्चित ठाउँमा केन्द्र निर्माण गरी सहज रुपामा समयमा नै उपलब्ध गर्छौं ।

८. मरिण गाउँपालिकाको सबै जनताको घरआँगनमा कच्ची सडक बाटो पु¥याउँछौ । बिजुली बत्तीलगायत संचारको साधनको सहज सेवा उपलब्ध गराउँछौँ ।

९. गाउँपालिकाभित्र जाँड–रक्सी, जुवा–तास, रन्डीबाजी, गुन्डागर्दी, धाकधम्कीलगायतको आपराधिक गतिविधिलार्ई निषेध गर्छौ । यदि कसैले त्यस्तो कार्य गरेमा एक घन्टाभित्र ठाँउको ठाउँ जनकारबाही गर्छौ ।

१०. अहिलेसम्म भएको जनताको जनहित बिरोधी ऐन, कानुनहरुलाई खारेज गरी जनताको हितार्थ जनताको जीवनमा खुसी ल्याउने र जनताको नयाँ मुहार फेर्ने कानुन निर्माण गर्छौं ।

११. दलाल पुँजीवादी लुटेरा संरचनालाई ध्वस्त बनाउनको निम्ति सम्पूर्ण उत्पीडित जनतालार्ई प्रशिक्षित गर्दै दलाल पुँजीवादको निरन्तर भन्डाफोर गर्छौं र वैज्ञानिक समाजबाटको मोडेल निर्माण गर्छौं ।

यी उल्लेखित बुँदाहरु नै गएको स्थानीय चुनावमा जनताको माझ हामीले व्यक्त गरेका थिए । वास्तवमा झुपडीमा बस्ने र बलेसीको पानी थापेर जीविका चलाउने जनताको लागि यति उल्लेखित काम हुने हो भने जनताको लागि साच्चिकै स्वर्ग छ भने त्यही नै स्वर्ग हुने थियो । तर, बिडम्बना चुनावको मत परिणाम ठिक उल्टो भयो र उहीँ पुरानै जनतामारा लुटेरा माफियाहरुको हातमा गयो । फेरि उहीँ दलाल पुँजीवादी संसदीय ब्यवस्थाको मतियारहरुको हातमा सत्ता पुग्यो । पूर्ण फेरि जनतको उहीँ कष्टकर दुःखद जीवनको सुरुवात भयो । किनभने यो दलाल पुँजीवादी सत्तामा दलाल माफियाहरु नै धाकधम्की, भोज– भतेर र पैसाको बलमा जनतालार्ई भ्रममा पारी चुनाव जित्छन्, त्यसकारण हाम्रो पार्टी नेकपाले दलाल पुँजीवादको विकल्पमा वैज्ञानिक समाजवाद अपरिहार्य छ भनी यो दलाल पुँजीवादको विरुद्ध बिद्रोह गरेको हो । यो दलाल सत्ताको स्थानीय चुनावबाट हामीले लिएको अनुभव र शिक्षा – जसरी हामीले सिद्धान्त त यो दलाल पुँजीवादी संसदीय ब्यवस्था काम नलाग्ने र असफलसिद्ध भएको तत्थ्य र कुरा जनताको माझ गर्दै बिगत लामो समयदेखि हिँडेको थियो । यो चुनावबाट ब्यवहारिक रुपमा नै यो ब्यवस्था साँच्चिकै जनतालार्ई काम नलाग्ने रहेछ र जनताको असल र योग्य व्यक्तिभन्दा पनि पैसा, जाँड–रक्सी, भोज–भतेर र धाकधम्कीको बलमा दलाल माफियाहरु जनतको नकचरो शासक बन्ने रहेछ भन्ने कुरा ब्यवहारसिद्ध प्रमाणित गर्ने अबसर प्राप्त भयो । यो चुनावमा भ्रष्ट दलालहरुले जाड–रक्सी, भोज–भतेर, गुन्डागर्दी र पैसाको प्रभाबमा जनतालार्ई क्षणिक प्रलोभनमा पारी लुटेरा भ्रष्ट दलालहरुलाई भोट हाल्न बाध्य बनाउँदारहेछ भन्ने तत्थ्य नजिकबाट प्रमाणित गर्ने मौका मिल्यो । त्यसकारण दलाल संसदीय पुँजीवादी ब्यवस्थाको जुनसुकै निकायको चुनाव यदि जितिनै हाले पनि जनताको हितमा केही पनि गर्न नसकिने र पैसा खर्च गरेर जित्नेहरुले पनि आफ्नो चुनावको खर्च असुल्न लाग्नु रहेछन् । यो चुनाव जित्ने उम्मेदवारले कम्तीमा एक करोड खर्च गरेको प्रारम्भिक अनुमान थियो । त्यसकारण यो चुनाव जनताको असली प्रतिनिधि चयन गर्नेभन्दा पनि लुटेरा, भ्रष्ट ठेकेदार हरुको पैसाको प्रतिस्पर्धा हुने र जसले धेरै खर्च ग¥यो उहीँ निर्वाचित हुने हुँदा यो दलाल पुँजीवादी ब्यवस्था रहुन्जेल जनताले आफ्नो असली प्रतिनिधि छान्न पाउन सकिँदैन भन्ने प्रमाणित भयो ।

यसरी हेर्दाखेरी भ्रष्ट लुटेरा दलालहरु र हाम्रोबीचमा कुनै पनि कोणबाट प्रतिस्पर्धा नै हुन सक्दैन हामीसँग तर उहीँ भ्रष्ट ठेकेदारहरुले चुनाव जित्छन् । हामीले पेस गरेको कार्यक्रम, हाम्रो पार्टी को दृष्टिकोण, हाम्रो व्यक्तित्वको यो सबैतिरबाट नाप्दा हामीनै जनताको असली प्रतिनिधि पात्र हुन तर यो ब्यवस्थाको मतियारहरुले हामीलाई जनतामा जानबाट खटाइएको थियो । दलालहरुले आफ्नो मात्र गुणको बख्यान गरेको कारण जनतालार्ई हामीभन्दा उहीँ लुटेराहरुनै प्यारो जस्तो परेको थियो । त्यसकारण यसपाली हामीले हाम्रो दृष्टिकोण सही हुँदाहुँदै पनि हामीले जनतालाई बुझाउन सकिएन र परिणाम उहीँ लुटेराको पोल्टोमा पुग्यो । किनकि हाम्रो पार्टीमाथि सरकारले २ बर्ष प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध खोलेपछि पनि स्थानीय दलालहरुले फेरि पनि हाम्रो पार्टीले बन्दुक बोक्छ र लडाइँ हुन्छ भन्ने भ्रम फिजाइ जनतालार्ई हाम्रो पार्टीबाट त्रसित बनाएको थियो । हामी र जनताको बीचको सम्बन्ध टुटेको र दलालहरुले जबर्जस्त टुटाएको थियो । त्यसकारण यो चुनावद्वारा जनता र हाम्रो टुटेको सम्बन्ध जोड्न हामी सफल भयो । जनतालार्ई हाम्रो पार्टीप्रति परेको भ्रम पनि तोडिदियो । यतिसम्म भ्रम कि अहिले हामीलाई भोट हाल्यो भने र यदि पछि हामी र हाम्रो पार्टी भूमिगत भयो भने हामीलाई केही हुन्छ कि ? भन्नेसम्मको जनतालाई दलालले भ्रमित परेको रहेछ । अर्को कुरा यदि बिप्लबका मन्छेहरुले चुनाव जित्यो भने त ठिकै होला तर यदि हा¥यो भने ऐले बिप्लबहरुलाई भोट हाल्ने जनता सबैलार्ई पुलिसले समातेर लैजान्छ भन्ने समेतको भ्रम स्थानीय दलालहरुले जनतामा फिजाएको रहेछ । त्यसकारण यी यावत भ्रमहरुलाई चिर्दै दलाल, भ्रष्ट, लुटेराहरुको पाखन्डी जालसाझीलार्ई सहजै पर्दाफास गर्न हामी सफल भयो । हाम्रो जनपृय पार्टी नेकपाले अख्तियार गरेको वैज्ञानिक समाजवादको कार्यक्रम जनताको मनमष्तिस्कमा छिराउनु पायो भने जनताको मष्तिस्कबाट दलालहरुको जालसाझी पूर्ण षड्यन्त्रको भ्रमलार्ई मुक्त गर्न पाइयो । दलाल पुँजीवादी भ्रष्ट लुटेराहरुको जन्मकुन्डलीसहित जनताको माझ उदाङ्गो भएको छ । हाम्रो पार्टीले लिएको विचार र नीतिहरु जनताहरुले आत्मसात गरेको छ । यो चुनावबाट के कुरा सिद्ध भयो भने दलालहरुले ठापेको सबै प्रकारको धराप र दलालहरुले खडा गरेको सबै क्षेत्रको मोर्चाको हामीले सकृय सामना गर्नुपर्छ भन्ने कुरा हामीलाई सूचित गराएको छ । यो चुनावबाट यो पनि प्रमाणित भयो कि दलालहरुले नेपाली उत्पीडित जनतालाई मजाले दाइ लगाएको छ यो दमनरुपी दाइको मियोबाट जनतालाई फुत्काउने दायित्व हाम्रो र नेकपाको हो भन्ने झन् बढी उत्तरदायित्व बोध भएको छ । अन्त्यमा यसपालिको चुनाव कोही कसैले जितेकोभन्दा पनि पैसाले जितेको हो, त्यस कारण सधैँभरी पैसा बाँडेर त्यो अस्तित्व धान्न सम्भब छैन । यदि पैसाले तिक्ने भए त पूर्वराजा ज्ञानेन्द्र शाहसँग नेपालै किन्ने पैसा थियो । त्यही पैसाले आफ्नो २३८ बर्षे शासनको बिरासतलार्ई जोगाउने थियो तर त्यसो गर्न सम्भब भएन त्यसकारण पुँजीवादी सत्ताको सम्भब त यो चुनाव नै अन्तिम हुनेछ र निकट भविष्यमा नै नेपालमा वैज्ञानिक समाजवादको उदय हुनेछ र सिङ्गो उत्पीडित नेपाली जनता दलाल हरुको दमनरुपी उत्पीडनको जाँतोबाट मुक्त हुनेछ ।

लेखक ः नेपाल कम्युनिष्ट पार्टी, ओखलढुङ्गाका सचिव हुन् ।

प्रतिक्रियाहरु