बाढीका कारण ८० हजार चिनियाँ विस्थापित

२०७९ श्रावण १५ गते, आईतवार


काठमाडौ । चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण करिब ८० हजार मानिस प्रभावित भएका छन् । बस्तीमा प्रवेश गरको बाढीले सयौं घरहरु डुबाउँदा उनीहरु घरबारबिहीन भएका हुन् । लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १६ सय हेक्टरको बालीमा पनि क्षति भएको छ । प्रान्तका १३ मझौला र १७ वटा साना जलाशयमा पानीको बहाव बढेकाले थप बाढीको चेतावनी दिइएको छ ।मुसलधारे वर्षा हुने क्रम जारी रहेकाले थप क्षति हुनसक्ने भन्दै ७० हजार मानिसलाई सुरक्षित स्थानतर्फ समेत सारिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु