साफ यू-२०ः आज नेपाल र भारत भिड्दै

२०७९ श्रावण १५ गते, आईतवार


काठमाडौं। भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्प्रर्धा हुँदैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो टोली अर्थात् साबिक बिजेता भारतको सामना गर्नेछ । यी दुई टिमबीच खेल बेलुका ७ः १५ बजे सुरु हुनेछ । अहिलेसम्म खेलेको दुबै खेलमा नेपालले शतप्रतिशत जित निकाल्दै उच्च लयमा देखिएको छ। पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । यस्तै दोस्रो खेलमा श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियो । त्यसैले आज नेपाली टोलि भारतविरुद्ध लगातार तेस्रो जित निकाल्न चाहन्छ। नेपालकाे २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
भारत भने २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ ।५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु