भारतीय वायुसेनाको विमान दुर्घटना

२०७९ श्रावण १३ गते, शुक्रबार

काठमाडौं । भारतीय वायु सेनाको एक विमान बिहिबार राति राजस्थानमा दुर्घटना हुँदा विमानमा रहेका दुई जना पाइलटको मृत्यु भएको छ । राजस्थानको बाडमेर क्षेत्रको भिमाड गाउँमा उडान भरिरहेको मिग ट्वेन्टी वान विमान बिहिबार राति स्थानीय समय अनुसार ९ बजेर १० मिनेट जाँदा दुर्घटना भएको हो । दुर्घटना यति भयानक थियो कि विमानका भग्नावशेषहरु आधा किलोमिटरपरसम्म उछिट्टिएका थिए । परीक्षण तालिमका क्रममा विमान दुर्घटना भएको भारतीय वायुसेनाले जनाएको छ । तर दुर्घटनाको कारण भने खुलाइएको छैन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु