पुष्पकमल र बाबुरामको दक्षिणपन्थी बाटो

२०७९ श्रावण ९ गते, सोमबार

डा. केशव देवकोटा

वर्गसंघर्षको सिद्धान्त छोडेपछि फेरि पनि कम्युनिष्ट राजनीतिको कुरा गर्नु त्यो आफैँमा भ्रम हो र एक प्रकारको राजनीतिक बेइमानी पनि हो । आज कुनै समयका जनयुद्धका कमान्डर मानिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपालको दक्षिणपन्थी राजनीतिको प्रतिनिधिमूलक पार्टी नेपाली कांग्रेससँग कार्यगत एकता गरेर नेपालको कम्युनिष्ट राजनीतिलार्ई धुमिल बनाउने काममा लाग्नु भएको छ । यो एक प्रकारले नेपालको कम्युनिष्ट राजनीतिलार्ई भ्रष्टिकरण गर्ने प्रयास पनि हो । आफ्नो दक्षिणपन्थी राजनीतिक बाटोलार्ई सुनिश्चित गर्नका लागि उहाँले माक्र्सवादी चिन्तन छाडिसक्नु भएका डा. बाबुराम भट्टराईको फेरि साथ÷सहयोग खोजी रहनु भएको देखिएको छ । डा. भट्टराई पनि पुष्पकमलबाट कम्युनिष्ट पार्टी छाड्ने सुनिश्चितताको खोजीमा देखिनुहुन्छ । माओवादी केन्द्रका अध्यक्ष दाहालको नेपाली कांग्रेससँगको सहकार्यलार्ई कसै गरे पनि नछाड्ने ‘लिसो सिद्धान्त’का कारण वामपन्थी खेमाका नेता तथा कार्यकर्ताहरु मात्र नभएर नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु समेत तवाह भएको देखिएको छ । नेपाली कांग्रेसका कतिपय पुराना नेताहरुले त दाहाल देउवापछि नेकांको सभापति हुन सक्नेसम्मको आँकलन गर्न थालेका छन्् । यतिबेला माओवादी केन्द्रका अध्यक्षले नेपाली कांग्रेससँग सहकार्य गरेर एकातिर कम्युनिष्ट र कांग्रेस भनेका एउटै ड्याङका हुन्भन्ने मान्यतालार्ई स्थापित गराउन खोज्नु भएको छभने अर्कातिर आफ्नो दक्षिणपन्थी राजनीतिक बाटो पनि सुनिश्चित गर्दै लगेको देखिएको छ । उहाँले भूतपूर्व भैसकेका माओवादीहरुसँग मात्र एकताको आह्वान गर्नुको खास कारण पनि त्यही नै हो । बर्तमान माओवादीहरुसँग उहाँ एकताको पक्षमा हुनुहुन्न भन्ने उपरोक्त भनाई र घटनाक्रमहरुले देखाएका छन्् । प्रचण्ड र प्रचण्डपथ तत्कालीन जनयुद्धले स्थापित गरेका कुराहरु हुन् । उहाँले ०६३ पछि प्रचण्डपथलार्ई बिना निर्णय÷ बिना तर्क बीचैमा छाडिदिनु भयो भने ‘प्रचण्ड’लार्ई अझै प्रयोग गरिरहनु भएको छ । उहाँ आज नेपाली कांग्रेस, एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी र जसपालगायतका पार्टीहरुको साथमा जहाँ हुनुहुन्छ, त्यहाँ ‘प्रचण्ड’को प्रयोग त्यति स्वभायमान भैरहेको छैन । हुन त माओवादी केन्द्रले माओवादको सिद्धान्तसमेत ०७५ जेठ ३ गते एमालेसँग पार्टी एकता गरेपछि परित्याग गरेको थियो । ०७७ फागुन २३ गतेको सर्बाेच्च अदालतको एक फैसलालार्ई बहाना बनाएर एमाले र माओवादी केन्द्र अलग भएपछि पनि माओवादी केन्द्रले माओवादको सिद्धान्तलार्ई पुनस्र्थापना गरेको सुनिएको छैन । बरु एमालेसँग अलग भएपछि बसेको माओवादी केन्द्रको पहिलो बैठकमा पार्टीको नाम परिवर्तन गर्ने कुरा आएको थियो । त्यतिबेला एमालेबाट माधव नेपालहरु फुटेर आएपछि नयाँ नाममा पार्टी एकता गर्ने भनियो । तर, माधव नेपाल समूहले निर्वाचन आयोगबाट एकीकृत समाजवादी पार्टीको दर्ता स्वीकृति पाएपछि माओवादी केन्द्रसँग तत्काल पार्टी एकता गर्न इन्कार गरिदियो । यतिबेला फेरि माओवादी केन्द्रका अध्यक्ष दाहाल दणिपन्थी राजनीति रोजिसकेका डा. भट्टराई, एमाले छाडेका माधव नेपाल र वामदेव गौतम लगायतसँग पार्टी एकता गरेर पार्टीको नामबाट माओवादी मात्र होइन कम्युनिष्ट शब्दनै हटाउने अभ्यासमा लाग्नुभएको छ । नेपालीमा एउटा उखान छ ‘भिरबाट लड्न लागेकालार्ई रामराम मात्र भन्न सकिन्छ, काँद थाप्न सकिंदैन’ । हिजो जनयुद्ध शुरुगर्दा पनि देउवासँग टक्करको कुरा थियोभने आज दक्षिणपन्थी राजनीतिक बाटो तय गर्दा पनि उहाँकै साथ सहयोग रहेको छ । आज पुष्पकमल दाहालको आर्थिक अवस्था तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संलग्नतालगायतका कारण उहाँलार्ई फेरि वर्गसंघर्षको राजनीतिसहितको सही कम्युनिष्ट राजनीतिमा फर्कन दिंदैन । दाहालको यो बाध्यतालार्ई पनि पार्टीका नेता तथा कार्यकर्ताहरुले बुझ्न सक्नुपर्ने भएको छ । हुन त माओवादी केन्द्रका सबै नेता तथा कार्यकर्ताहरु उहाँको सती जानुपर्छ भन्ने पनि छैन । घटनाक्रमहरुलार्ई हेर्दा अध्यक्ष दाहालको दक्षिणपन्थी राजनीतिको थालनी ०६३ पछि गरिएको कथित शान्ति संझौताबाटै भएको थियो । त्यतिबेला नै उहाँहरुले संसदीय राजनीतिलार्ई अंगाल्दै आफ्नो दक्षिणपन्थी राजनीतिक बाटो तय गरिसक्नु भएको अवस्था हो । राजनीतिक इमान्दारिताका हिसावले डा. भट्टराई धेरै अगाडि देखिनु भएको छ । किनकि कम्युनिष्ट राजनीति छाडेपछि उहाँ कम्युनिष्ट पार्टीमा पनि बस्नु भएन र माओवादको भ्रम पनि दिनुभएन । आज पुष्पकमलले नेपाली कांग्रेससँग दीर्घकालीन कार्यगत एकता गर्दै डा. भट्टराईसँग पुनरमिलन गरेर गैरकम्युनिष्ट पार्टी बनाउने जुन प्रयास गरिरहनु भएको छ, त्यसलार्ई पनि राजनीतिक इमान्दारिता भित्रकै स्वभाविक कुरा मान्नुपर्दछ । जब कम्युनिष्ट राजनीति गरिरहनु पर्ने आवश्यकता पनि छैन र अवस्था पनि रहेन भने फेरि भ्रम सिर्जना गर्दै त्यसैमा किन बसिरहने ? यो पनि एउटा सोच हो । ‘भेडा भेडासँग र बाख्रा बाख्रासँग’ रहँदा नै धेरै स्वभायमान हुन्छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो भारत भ्रमणका क्रममा असार ३२ गते भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँगको दुई घण्टे अन्तरंग वार्तापछि साउन ४ गतेबाट नयाँ अभियान थाल्नुभएको देखिएको छ । भारतीय जनता पार्टीसँग पार्टीगत सहकार्य गर्नेसम्बन्धी प्रस्तावमा हस्ताक्षरसमेत गरिसक्नु भएकाले पनि उहाँलार्ई नयाँ राजनीतिक बाटो तय गर्नुपर्ने बाध्यता परेको हुनसक्छ । अध्यक्ष दाहालले गत ४ गतेबाट शुरुमा डा. भट्टराई र त्यसपछि माधव नेपाललगायतका अन्य संभावित सहयोगीहरुसँग वार्ता अगाडि बढाउनु भएको देखिएको छ । भेटमा दाहालले भट्टराईलार्ई एकतामा आउन आग्रह गरेको र डा. भट्टराईले पनि माओवादी केन्द्रको नाम परिवर्तन गर्नुपर्ने शर्तराखेको जुन समाचार बाहिर आएको छ, त्यो दुबै नेताको खास चाहनाअनुसारको विषय हो । दाहालले माधव–वामदेवसँगको छलफल निष्कर्षमा पुग्नुअघिनै डा. भट्टराईसँगको एकता टुंगो लगाउन चाहनु भएको देखिएको छ । डा. भट्टराईले आपूm माओवादी केन्द्रसँग पुन एकतामा आउनुभन्दा पनि माओवादीको नाम फेरेर समाजवादी राख्नुपर्ने प्रस्ताव गर्नुभएको देखिएको छ । उहाँहरुको समाजवाद ‘काल्पनिक’ भएको कुरामा पनि द्विमतगर्ने ठाउँ छैन । उहाँले वार्तामा एकताको प्रारुप र पार्टीको नामबारे शुरुमै स्पष्ट हुन चाहेको बुझिएको छ । यसअघि पनि उपराष्ट्रपतिको निवासमा दाहाल र डा. भट्टराईका बीचमा पटक, पटक अन्तरंग कुरा भएका समाचारहरु बाहिर आएका थिए । तर, त्यसले खासै गति लिन सकेको थिएन । दाहालको आकस्मिक दिल्ली भ्रमणपछि सक्रियता बढ्नु आफैँमा बुझ्न सकिने विषय भएको छ । डा. भट्टराई पनि बर्तमान माओवादी नभएर पूर्व भैसकेका माओवादी शक्तिबीच एकता गरेर ०६३ को राजनीतिक परिवर्तन र ०७२ को संविधानका उपलब्धि जोगाउनुपर्ने पक्षमा देखिनुभएको छ । गत असार १९ गते पहिलोपटक नयाँ ध्रुवीकरणका लागि छलफल थालिएको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, नेता झलनाथ खनाल, पार्टी दर्ताको क्रममा रहेको एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेवलगायतको भेटले जुन नयाँ ध्रुवीकरणको संकेत गरेको थियो, त्यो आफैँमा अनिश्चित रहेका कारणले पनि पछिल्लो समयमा अध्यक्ष दाहालले शुरुमा डा. भट्टराइतर्फको कुरा टुंग्याउने प्रयास गर्नुभएको देखिएको छ । यो एकता अभियानमा समेत वामदेवको प्रबेश भएकाले दिगो नहुने कतिपयले आँकलन पनि गरेका छन्् । किनकि वामदेव गौतमकै द्वैध भूमिकाका कारण एमाले दुई पटक र तत्कालीन नेकपा एक पटक बिभाजन भैसकेको छ । पद र नेतृत्वका भोकाहरुको मिलन कस्तो होला ? समग्रमा के देखिएको छ भने यतिबेला देशको राष्ट्रिय राजनीतिलार्ई कसरी सही बाटोमा अगाडि बढाउनेभन्दा पनि नेपालमा विदेशी शक्ति केन्द्रहरुको चासोलार्ई यहाँ कसरी स्थापित गराउने भन्नेमा होड बढ्दै गएको देखिएको छ । नेकांका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकालगायतको पश्चिमा लवि प्रकटरुपमै अगाडि आएको छ । जसले आकार पनि लिइसकेको अवस्था छ । नेकांले माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतको साथ सहयोगमा संसदबाट एमसीसी पारित भएको घोषणा गराएर अमेरिकालार्ई नेपालमा प्रबेशको वैधानिक बाटो खोलिदिएको छ । चिनियाँहरु त्यसलार्ई रोक्नका लागि प्रयास गरिरहेका छन्् तर नेपालको असली देशभक्त शक्तिको पहिचान गर्न सकेका छैनन् । उनीहरुले एमाले र नेमकिपालार्ई प्रयोग गरेर आफ्नो धुरी खडा गर्ने प्रयास गरेको देखिएको छ । यसैबीचमा दिल्लीले पनि आफ्नो सक्रियता बढाएको छ । जसमा पुष्पकमल, डा. भट्टराई, माधव र वामदेवहरुलार्ई गोलबन्द गरिंदैछ । यतिबेला नेपालका सन्दर्भमा इन्डो पश्चिमा शक्ति एक ठाउँमा रहेकाले पनि दाहालदेखि देउवासम्मलार्ई एकगठ हुन बाध्य गराएको देखिन्छ । अब भारतीय शक्तिले अलग्गै आकार ग्रहण गरेपछि नेपालमा त्रिपक्षीय खिचातानी तीब्र हुनेछ । यस्तो अवस्थामा नेपालका खास देशभक्त र क्रान्तिकारी शक्ति एक हुनुपर्ने बाध्यात्मक अवस्था पनि सिर्जना हुँदै गएको छ । जसलार्ई खासगरी ०६३ को राजनीतिक परिवर्तनपछि एकताबद्ध हुन नदिने प्रयासहरु भैरहेका छन्् । यो आम स्वाभिमानी नेपालीहरुले बुझ्नुपर्ने मुख्य विषय भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु