भागबण्डाको राजनीति बन्द गर

२०७९ श्रावण ९ गते, सोमबार

यतिबेला संसद्वादी दलको भागवण्डाको राजनीतिले देश र जनताको अस्तित्व संकटमा परेको छ । सरकारका तिनै अंगमा भागबण्डाको नीति लादिएको छ । जसका कारण भ्रष्टाचार, कालोबजारी, महँगी, गुण्डागर्दीले सीमा नाघेको छ, शान्तिसुरक्षा र न्याय एकादेशको कथा भएको छ । बैदेशिक हस्क्षेपले सिमा नाघेको छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता भएको छ भने स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपीपी) जस्तो राष्ट्रघाती सम्झौता गर्न बिभिन्न प्रपन्च गरिदैछ । तर, यस विषयमा सरकार, सत्ताधारी र संसदवादी राजनीतिक दल र नेताहरुलाई कुनै चिन्ता र चासो रहेको देखिदैन । उनीहरु त देश र जनताको विषयमा भन्दा आगामी संसदीय निर्वाचनमा कसरी बहुमत ल्याउने र पुनः कसरी आफ्नो लुटको स्वर्ग कायम राख्ने भनेर दत्तचित्त भएर निर्वाचनको मिति घोषणा नहुँदै संख्याको भागबण्डामा जुटेका छन । लोकतत्रमा जनतालाई स्वतन्त्र रुपमा मतदान गर्ने बातावरण बनाउनु पर्नेमा यी संसद्वादी राजनीतिक दल र नेता गठबन्धन गर्दै जनतालाई घेराबन्दीमा पारेर आपूm र आफ्नो दललाई बिजयी बनाउन न्वारानदेखिको बल लगाउँदै छन् । जुन कार्यले आमनेपालीको शिर निहुरिन पुगेको छ भने लोकतन्त्रको धज्जी उडाउने कार्य भएको छ । जुन ज्यादै घृणित र निन्दनीय कार्य हो । संसद्वादी राजनीतिक दल र नेताको यस किसिमको हर्कतबाट बर्तमान संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भब छैन भनने पुष्टि हुन्छ ।

त्यसकारण, देश र जनतालाई संसद्वादी दल–दलबाट पार लगाउन नेपाल कम्युनिस्ट पार्टीले भने जस्तो वैज्ञानिक समाजवाद स्थापना गर्नु अनिबार्य भएको छ । यसको निम्ति सम्पूर्ण सचेत नागरिकले नेपाल कम्युनिष्ट पार्टीलाई साथ र सहयोग गर्नुको विकल्प छैन । अन्यथा यी संसद्वादी दल र नेताहरुले देश र जनताको अस्तित्व नै नामेट बनाइदिने निश्चित छ । बेलैमा बुद्धि पु-याउ अन्यथा पछुताउनुबाहेक अर्को विकल्प हुने छैन, चेतना भया ।

प्रतिक्रियाहरु