देशका अधिकांश भागमा भारी वर्षाकाे सम्भावना

२०७९ श्रावण ४ गते, बुधबार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाका भइरहेको र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षा समेत भइरहेको जनाएको छ। त्यस्तै, बुधबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहने भएको छ । साथै देशको पहाडी भू-भाग र अन्य भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार राति भने देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहने भएको छ । त्यस्तै, देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्विमका प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु