गायक केलीलाई यौन शोषणको आरोपमा ३० वर्ष जेल सजाय

२०७९ असार १७ गते, शुक्रबार


काठमाडौं । अमेरिकी गायक रोबर्ट सिल्भेस्टर केलीलाई यौन शोषणको आरोपमा अदालतले ३० वर्ष जेल सजाय सुनाइएको छ । ५५ वर्षीय केलीले महिला र बालबालिकालाई झन्डै दुई दशकसम्म यौन शोषण गरेका कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । गत वर्षको सेप्टेम्बरमा केलीलाई न्यूयोर्कको एक अदालतले आठ महिलाको तस्करीमा दोषी ठहर गरेको थियो । त्यसयता उनको सजायको बहस चलिरहेको थियो ।
भारतीय सञ्चार माध्यम पिंकभिलाका अनुसार यौन दुर्व्यवहारसहित नौ वटा मुद्दामा दोषी ठहरिएपछि उनलाई ३० वर्ष जेल सजाय सुनाइएको हो । उनले पीडितहरूलाई होटलको कोठा र उनको रेकर्डिङ स्टुडियोमा थुनेर राखेर बारम्बार यौन शोषण खुलासा भएको छ । उनीविरुद्ध ४५ जनाले बयान दिएका थिए । केली सन् २०१९ को जुलाईदेखि हिरासतमा थिए । सन् २०२० मा उनलाई अर्का कैदीले कुटपिट गरेपछि चर्चामा आएका थिए ।

प्रतिक्रियाहरु