‘आर्थिक,सांगठनिकलगायतका क्षेत्रमा अराजकता मच्चाउने पार्टीवाट पलायन भए’

२०७९ असार १० गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले पार्टीमा आर्थिक,सांगठनिकलगायतका क्षेत्रमा अराजकता मच्चाउने पार्टीवाट पलायन भएको ठोकुवा गरेका छन । शुक्रवार नेकपा दाङ अन्तर्गत घोराही उपमहानगर कमिटीद्वारा आयोजित राजनितिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता शीतलले सो ठोकुवा गरेका हुन्। नेता शितलले पार्टीमा गल्ती कमजोरी सच्याएर रुपान्तरण हुन नसक्नेहरु पार्टीबाट भाग्ने गरेको प्रसंग कोट्याउदै पार्टीमा आर्थिक,सांगठनिक लगाएतका क्षेत्रमा अराजकता मच्चाउने नेता-कार्यकर्तालाई गल्ती कमिकमजोरी सच्याएर रुपान्तरण हुन आग्रह गर्दा उल्टै रुपान्तरण हुनुभन्दा पनि पार्टीलाई अनेकौं संगिन आरोपहरुको थुप्रो लगाएर पार्टी छोड्ने गलत प्रवृती देखिएको बताए । नेता शितलले भने – ‘सुदर्शन कमरेडले पार्टीमा आर्थिक अराजकता मच्चाउनु भएको थियो। हामिले बैठकमा स्पष्टीकरण सोध्यौ,गल्ती कमजोरी सच्याएर रुपान्तरण भएर अगाडि बढ्न आग्रह गर्यौ तर उहाँले तत्कालीन चुनावी कार्यनीतिलाई बहाना बनाएर पार्टी बिभाजन गर्न लाग्नुभयो र अन्तमा पार्टी बिभाजन गरेर भाग्नुभयो।’
नेता शितलले धर्मेन्द्र-सुदर्शनले साच्चिकै क्रान्ती गर्नका लागि पार्टी बिभाजन गरेको नभइ आर्थिक,सांगठनिक अराजकताबाट बच्न पार्टीमा बहस भएको एक महिना नबित्दै छुट्टै झोला बोकेर हिडेको उल्लेख गर्दै भने – ‘धर्मेन्द्र-सुदर्शनले आबेग,आक्रोश,कुण्ठा बोकेर हिड्नुभएको छ। उहाहरुको बिभाजनले प्रतिक्रान्तीलाई टेवा पुर्याउछ।’
नेता शितलले पार्टीबाट राजिनामा दिएको बिज्ञप्ति निकालेका ओम प्रकाश पुन पनि रुपान्तरण हुन नसकेर पार्टी छोडेको बताउदै भने – ‘ओमजीलाई पनि पार्टीले सांस्कृतिक अराजकताको विषयमा गल्ती सच्याएर रुपान्तरण हुन आग्रह गरेको हो तर उहाँ रुपान्तरण भएर पार्टी क्रान्तीप्रती प्रतिबद्ध हुनुको साटो उल्टै पार्टी छोडेर भाग्न थाल्नुभयो।’
एक फरक प्रसंगमा बोल्दै नेता शितलले सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुका लागि संसदीय व्यवस्था अन्तर्गतको चुनाव केवल कार्यनीतिक विषय भएकाले चुनाव प्रयोगको कार्यनीतिलाई संसदवादमा पतन,बिलिन भएको वा संसदवाद स्विकार गरेको लगायतका संगिन आरोप लगाउनु भ्रमपुर्ण रहेको टिप्पणी गर्दै पार्टी एकीकृत जनक्रान्तीप्रती प्रतिबद्ध रहेको र कुनैपनी हालतमा संसदवादलाई स्विकार गर्न नसक्ने प्रष्ट्याए ।
नेता शितलले पार्टी विरुद्ध अनेकौं भ्रमहरु उत्पन्न गराइएको बताउदै नियोजित रुपले देशी-बिदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीका विरुद्ध षड्यन्त्र गरेको समेत बताउदै राष्ट्रघात,जनघात,महंगी,भ्रष्टाचार,सामाजिक बिभेद,व्यथिती,बिसंगती,राष्ट्रघाती एमसिसी सम्झौता लगायतका विरुद्ध सचेततापुर्वक संघर्ष गर्दै जनताको बिचमा बैकल्पिक शक्तीको रुपमा स्थापित हुँदै गरेको जनप्रीय पार्टीका विरुद्धमा साम्राज्यवाद र नेपालको दलाल पुजीवादी सत्ताको डिजाइनमा पार्टी भित्रबाट केही एजेन्टहरु खडा गरेर आन्दोलन तुहाउने षड्यन्त्रलाई समेत पार्टीले परास्त गरेको ठोकुवा गरे । उनले फुटबादलाइ परास्त गर्दै एकीकृत जनक्रान्तीमार्फत नेपालमा वैज्ञानिक समाजवाद स्थापनाको लागि पार्टी दृढ रहेको बताए । नेता शितलले धर्मेन्द्र-सुदर्शन समुहमा भुलबस,भ्रमवस गएका इमानदार,क्रान्तिकारी नेता-कार्यकर्तालाई पार्टीमा फर्किन अपिल गर्दै सम्पुर्ण देशभक्त,प्रगतिशील,बामपंथी,बुद्दिजिवी लगाएत आम जनसमुदायलाई एकीकृत जनक्रान्तीको कार्यदिशामा गोलबन्द हुन आह्वान समेत गरे ।
सोही , प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सबिनले कञ्चन-सुदर्शन गुटले आफैले बनाएको घर जलाएर खरानी घस्दै हिडेको बताए । नेता सविनले भने– ‘कञ्चन-सुदर्शनहरुले आफैले बनाएको पार्टीलाई बिभाजन गरेर अहिले पार्टी र नेतृत्वका विरुद्ध भ्रमहरु सिर्जना गरेका छन,खरानी घस्ने काम जोगिहरुको हो। कञ्चन-सुदर्शनहरु जोगिहरु हुन,क्रान्तिकारी होइनन् ।’
आफ्नो पार्टी संसदवादी,गैर क्रान्तिकारी,पलायनवादी र प्रचण्डको जस्तो पार्टी नहुने नेता सविनको भनाइ थियो।
नेता सविनले अगाडि भने– ‘हाम्रो पार्टी नेपालमा एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न चाहान्छ।क्रान्तिको मोडेल नया ढंगले विकास नगरे प्रतिक्रियावादी र साम्राज्यवादिहरुले क्रान्तिकारी आन्दोलनलाई एम्बुसमा पार्ने गर्छन् ।’
कञ्चन-सुदर्शन गुटले पार्टीमाथी भयानक हमला गर्दै प्रतिक्रियावादी र साम्राज्यवादिहरुलाइ भन्दा आफ्नो पार्टी र नेतृत्वका विरुद्ध हमला गरेर प्रतिक्रियावादी र साम्राज्यवादिहरुलाइ फाइदा पुर्याएको नेता सबिनको जिकिर थियो। क्रान्तिकारीलाई सिध्याउन अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नो रणनीति प्रयोग गरिरहेको बताउदै नेता सबिनले थपे– ‘साम्राज्यवादको इसारामा कञ्चन-सुदर्शन गुट पार्टी विरुद्ध भयानक हमलामा उत्रिएको छ।’
प्रचण्डहरु गएगुज्रेको संसदीय व्यवस्थामा पतन भएपछि हामिले बिद्रोह गरेका हौं।आज त्यही व्यवस्थामा जाने कुरा सोच्न पनि सकिँदैन,‘नेता सबिनले भने।’
साम्राज्यवाद,पुजीवाद,संसदवादले हाम्रो पार्टीमाथी जुन ढंगले घेराबन्दी गरेको छ त्यो मध्य एउटा कञ्चन-सुदर्शन समुहलाइ प्रयोग गरेको नेता सबिनको जिकिर थियो। कार्यकारी राष्ट्रपतिको प्रस्ताव लिएका धर्मेन्द्र बास्तोला(कञ्चन) र सांगठनिक गुटबन्दी र आर्थिक अराजकताबाट रुपान्तरण हुन नसक्ने सुदर्शनले पार्टी छोडेर भागेको नेता सबिनले बताए।

यसैगरी, उक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका बिशेष कमिटी सदस्य सीता बिक(सम्झना)ले क्रान्ती गर्ने दृढ बिस्वास व्यक्त गरेकी छन। उनले नेपाल राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक लगाएतका क्षेत्रमा चरम संकट पैदा भएको बताउदै नेतृ सम्झनाले जनक्रान्तीको विकल्प नरहेको बताएकी हुन। उनले भनिन– ‘देश इतिहासको सर्वाधिक संकटको भुमरीमा फसेको छ। देशलाइ संकटको भुमरीमाबाट मुक्त गर्न यहि दलाल संसदीय पुजीवादी व्यवस्थालाई टालटुल पारेर हुदैन बरु यो व्यवस्थालाई ध्वस्त गरि नेपालमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्नुपर्छ।’
नेतृ सम्झनाले दलाल पुजीवादी सत्ता मरणासन्न अवस्थामा पुगेको समेत बताइन। एक फरक प्रसंगमा बोल्दै नेतृ सम्झनाले नेकपा बिभाजन गरि नेकपा(बहुमत) गठन गरेका धर्मेन्द्र-सुदर्शन समुहले आफ्नो पार्टी नेतृत्वका विरुद्ध अनेकौं षड्यन्त्र र भ्रमहरु सिर्जना गरेको बताएकी हुन। नेतृ सम्झनाले आफ्नो पार्टीले एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापना बाहेक अरु कुनै गतिविधि सोच्न नसक्ने समेत स्पष्ट पारेकी हुन।उनले भनिन– ‘हाम्रो जिवन क्रान्तीका लागि भएको हो। हामी क्रान्ती बाहेक दायाँबायाँ हुनेवाला छैनौं। हामी र हाम्रो पार्टी संसदवादी हुने कुरा कल्पना समेत गर्न सकिदैन। हाम्रो पार्टी र नेतृत्वलाई संसदवादीको आरोप लगाउनेहरु नै संसदवादी बाटोमा लागेका छन ।’
अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य अशोकाको स्वागत मन्तव्यवाट सुरु भएको उक्त कार्यक्रमको अध्यक्षता नेकपा दाङ जिल्ला कार्यालय सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज/सेक्रेटरी निर्मलले गरेका थिए भने कार्यक्रमको सहजीकरण नेकपा दाङका सदस्य मोतिले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु