‘१०.२५% सानिमा डिवेन्चर २०८९’ ऋणपत्र बिक्री खुला

२०७९ असार १० गते, शुक्रबार

काठमाडौं। सानिमा बैंक लिमिटेडले अंकित मूल्य प्रतिकित्ता एक हजारका दरले ‘१०.२५ % सानिमा डिवेन्चर २०८९’ बिक्री खुलाएको छ। बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो। उक्त ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निजी क्षेत्रका व्यक्तिगत तबरले बिक्री गरिनेछ। बाँकी रहेको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधरणका लागि बिक्री खुलाएको हो।
१० वर्षका लागि निष्कासन गर्न लागिएको उक्त ऋणपत्रको वार्षिक ब्याजदर १०.२५ प्रतिशत रहेको छ। ऋणपत्रमा न्यूनतम २५ कित्ता र अघिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ। ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले असार १० गतेबाट असार १४ गते सम्म आवेदन दिन सक्नेछन्। १४ गतेसम्म लगानीकर्ताबाट पर्याप्त आवेदन नपरे आवेदन अवधि असार २४ गतेसम्मका लागि लम्बिने बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेडले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु