‘वर्तमान परिवेश क्रान्तिका लागि अनुकूल ‘

२०७९ असार १० गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लवले वर्तमान परिवेश क्रान्तिका लागि अनुकूल रहेको बताएका छन । नेकपाको सेती महाकाली ब्युरोको राजनीतिक प्रशिक्षण कार्यक्रम कार्यकर्तालाई प्रशिक्षित गर्दै महासचिव बिप्लवले सो कुरा बताएका हुन् ।
महासचिव विप्लवले भने , “ हाम्रो देश नेपालको हकमा संसदीय व्यवस्था असफलता ले गर्दा राज्य व्यवस्था प्रति जनताको उच्च वितिष्ण पैदा भएको र नेपाली जनताले यो संसदीय व्यवस्था को विकल्प खोजिरहेका छन् र बदलिँदो विश्वमा पनि विगतको जस्तो एक ध्रुवीय विश्व राजनीति नरहेको अहिले विश्व दुई ध्रुवमा अगाडि बढिरहेको हुँदा क्रान्तिको लागि यो पनि सकारात्मक कुरा रहेको छ । इतिहासको पेरू र इन्डोनेसिया को उदाहरण दिँदै विप्लवले भने विगतमा जसरी अमेरिकाले यी देशका कम्युनिस्ट व्यवस्थालाई ढाल्न जसरी भूमिका खेल्यो अहिले विश्वमा त्यो नरहेको उनको जिकिर थियो । थप्दै महासचिव विप्लवले भने विश्वमा पूँजीवादी देशहरू र समाजवादी देशहरूको प्रतिस्पर्धा रहेको छ जसका कारण समाजवादी देशहरूले क्रान्तिको पक्षमा नै सहयोग गर्छन । रसियन ,चीन ,उत्तर कोरिया क्यूबा जस्ता कम्युनिस्ट देशले क्रान्तिलाई नै सहयोग पुर्याउने बताउँदै यसरी अन्तर्राष्ट्रिय स्थिति क्रान्तिकै पक्षमा छ विप्लवले भने फेरि भने,“ त्यसैगरी नेपालमा पनि संसदीय व्यवस्था गतिविधि प्रति जनताको चरम आक्रोस रहेको हुँदा क्रान्तिलाई माया गर्ने प्रवृत्ति रहेको नेपाली जनताले हाम्रो महान लक्ष्य वैज्ञानिक समाजवाद स्थापना गर्ने मार्गमा हामीलाई जनताले इमान्दारीपूर्वक साथ दिने छन् र केवल हामीले आफूभित्रका गलत व्यवहार त्याग्दै क्रान्तिको पक्षमा दृढता पूर्वक लाग्न गर्छु ।”


पार्टीबाट पलायन हुनु भएका कन्चन – सुदर्शनले भने जस्तो हामी संसदवादी हुने कुरा कल्पना पनि गरिँदैन त्यो मेरो जीवन कालमा असम्भव कुरा हो । सबै सच्चा क्रान्तिकारीहरु मिली यो संसदीय व्यवस्था ढाल्न र मजदुर सर्वहाराको राज्य व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न अन्तिम सम्म लड्ने कुरामा कुनै संका नरहेको महासचिव विप्लवले स्पष्ट पारे । पार्टीको कार्यदिशा , विचार दृष्टिकोण मा विचलन आएकाहरू पार्टी गठनको नाममा बाहिर भ्रम छरे पनि पार्टीको अन्तरसंघर्ष मा यो स्वाभाविक रहेको बताउँदै यो भ्रमलाई हामीले आफ्ना व्यवहार र राजनीतिक गतिविधिबाट अपुष्ट सिद्ध गरिदिने विप्लबले दाबी गरे ।


केन्द्रिय समितिको आयोजनामा धनगढीमा नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोको प्रशिक्षण सचिवालय सदस्य विषम, केन्द्रिय सदस्यहरू चूडामणि ओली, विवेक कुमाल ,डबल शाह , केन्द्रिय कार्यालय सचिव असल खड्का लगायतका नेताहरु तथा सुदुरपश्चिमका सबैका कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु