नेकपाका महासचिव विप्लवद्वारा शोभा प्रधानको निधनप्रति श्रद्धाञ्जली

२०७९ असार ९ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ( रोहित ) की जीवनसाथी शोभा प्रधानको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधनले शोकाकुल भएका परिवारजनप्रति धैर्यधारणको कामनासहित समवेदना प्रकट गरेका छन । महासचिव विप्लवले आज एक शोक वक्तव्य जारी गर्दै सो समवेदना प्रकट गरेका हुन् ।
महासचिव विप्लवद्वारा जारी शोक बक्तब्यमा भनिएको छ – ‘नेपाल मजदुर किसान पार्टीका अध्यक्ष कमरेड नारायणमान बिजुक्छेँ ( रोहित ) की जीवनसाथी कमरेड शोभा प्रधानको यहि असार ८ गते बुधबार उपचारको क्रममा अपराह्न ३ : ४५ बजे निधन भएको खबरले हामी अत्यन्तै दुखि भएका छौँ । आफ्नो जीवनकालभरी नेपालको कम्युनिस्ट आन्दोलन, शिक्षा एवं महिला अधिकारको क्षेत्रमा विशिष्ट योगदान गर्नुभएकी कमरेड शोभाको निधनप्रति हामी गहिरो शोक व्यक्त गर्दछौँ ।दिवङ्गत कमरेड शोभाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । कमरेड शोभाको जीवनसाथी कमरेड रोहित लगायत शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । ‘

प्रतिक्रियाहरु