कारबाहीमा परेका सबै खेलाडीलाई ससम्मानका फिर्ता बोलाइने

२०७९ असार ९ गते, बिहीबार


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर राखिएका सबै खेलाडीलाई ससम्मानका साथफिर्ता बोलाउने निर्णय गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अनुमतिविना बन्द प्रशिक्षण छाडेर रात्री क्लब पुगेको भन्दै अनुशासनको छडि चलाएका थिए । कारबाहीमा परेका रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, सन्तोष तामाङसहित १० खेलाडीलाई प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टोलीबाट बाहिरनिकालेका थिए । साथै, एन्फाको बैठकले मुख्य प्रशिक्षक अल्मुताइरीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनलाई ध्यानमा राख्ने र अन्तर्राष्ट्रिय सम्बन्धमा खलल नपुग्ने गरी छलफल अघि बढाउने पनि निर्णय गरेको छ ।
एन्फा अध्यक्षमा निर्वाचित पंकजविक्रम नेम्वाङले आफ्नो पहिलो कदम खेलाडीलाई टिममा फिर्ता बोलाएर अघि बढाएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

एन्फामा नयाँ कार्यसमिति

२०७९ असार ७ गते, मंगलवार

मकवानपुर गोल्डकप सुरु

२०७९ जेष्ठ १९ गते, बिहीबार

चेल्सीको स्वामित्व हस्तान्तरण

२०७९ जेष्ठ १७ गते, मंगलवार