बाइडेनद्वारा पेट्रोलियम पदार्थको कर स्थगित गर्न आह्वान

२०७९ असार ९ गते, बिहीबार


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर तीन महिनाका लागि स्थगित गर्न आह्वान गरेका छन् । इन्धनको आकाशिदो मूल्य नियन्त्रण गर्ने उद्देश्यले उनले यस्तो प्रस्ताव गरेका हुन् । आगामी नोभेम्बरमा हुने संसदीय चुनावलाई लक्षित गरी राष्ट्रपति बाइडेनले कर स्थगनको प्रस्ताव गरेको अनुमान गरिएको छ ।
बाइडेनको प्रस्तावले सरकारलाई दश अर्ब डलर बराबरको भार पर्ने छ । ट्याक्स होलिडेको प्रस्ताव अमेरिकी कंग्रेसले अनुमोदन गरेपनि मात्रै कार्यान्वयनमा आउनेछ । कर स्थगनको प्रस्तावले तेल उत्पादक कम्पनीहरूलाई मात्रै फाइदा पुग्ने भन्दै विरोध सांसदहरुले पनि प्रस्तावको विरोध गरेका छन् । अमेरिकी सञ्चारमाध्यमले भने कर कटौतीबाट साधारण उपभोक्तालाई खासै राहत नपुग्ने उल्लेख गरेका छन् । अमेरिकामा प्रति ग्यालन अर्थात साढे चार लिटर भन्दा बढी पेट्रोलको मूल्य पाँच डलर पुगेको छ । एक वर्ष अघि पेट्रोलको मूल्य तीन डलर मात्रै थियो ।अमेरिकाले सडक मर्मत सम्भारका लागि भन्दै पेट्रोलमा प्रति ग्यालन १८ सेन्ट्स् र डिजेलमा २४ सेन्ट्स् कर लगाउँदै आएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु