‘सरकारले जेल हाले पनि इम्बोस्ड नम्बर प्लेट जोड्दिन ‘

२०७९ असार ८ गते, बुधबार

काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने उद्घोष गरेका छन । बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा नै उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका हुन् । उन्ल्र भने -‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन । बरु सरकारले एक बर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक बर्ष जेल जान तयार छु ।’
सरकारले बागमती र गण्डकी प्रदेशमा नयाँ दर्ता हुने र नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ । तर इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर रहेको, इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनीसँग आर्थिक लेनदेनमा जबर्जस्ती जडान गराउन खोजेको भन्दै विरोध भइरहेको छ । यो सुरक्षा र बलियोका दृष्टिलेपनि उपयुक्त नभएको बताईएको छ । यस विषयमा छलफल गर्न समितिले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बोलाएको थियो । तर उनि विना जानकारी अनुपस्थित भएको समिति सभापति निरादेवी जैरुले बैठकमा जानकारी गराईन । संसदीय मर्यादा राख्न नसक्ने भन्दै मन्त्रीको समेत बैठकमा आलोचना भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु