न्यायाधीश–अधिवक्ताबीचको घूसको अडियोबारे छानबिन गर्न समिति गठन

२०७९ असार ८ गते, बुधबार

काठमाडौँ । न्याय परिषदले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच डिल गरेको फोनवार्ताबारे छानबिन गर्न समिति गठन गरेको छ । उनीहरुबीचको घूस लेनदेनसम्बन्धी फोनवार्ता प्रकरणबारे न्याय परिषद सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच घूस लेनदेनको कुराकानीको अडियो बाहिरिए न्याय क्षेत्र तरंगित बनेको छ ।
यसैबीच न्यायाधीश कोइरालाले आफूबारे आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै छानबिनका लागि सहयोग गर्ने समेत सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु