एसीसी महिला टी–ट्वान्टी : नेपाल हङकङसँग भिड्दै

२०७९ असार ७ गते, मंगलवार


काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले आज चौंथो खेलमा मध्यान्ह १२ बजे हङकङसँग खेल्न लागेको हो। किनरारा ओभलमा हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौंथो जितको खोजीमा हुनेछ। यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाल समूह ‘बी’मा रह‍ँदै शीर्ष स्थानमा रहेको छ। नेपाल समूह विजेता बन्न चाहन्छ। नेपालले हङकङसँग खेलका यसअघिका दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो ।
यसअघिका खेलमा नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो। च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

एन्फामा नयाँ कार्यसमिति

२०७९ असार ७ गते, मंगलवार

मकवानपुर गोल्डकप सुरु

२०७९ जेष्ठ १९ गते, बिहीबार

चेल्सीको स्वामित्व हस्तान्तरण

२०७९ जेष्ठ १७ गते, मंगलवार