अखिल (क्रान्तिकारी) द्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

२०७९ असार ७ गते, मंगलवार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध काठमाडौँ लगायत देशव्यापी रूपमा विरोध प्रदर्शन गरेको छ । काठमाडौँ जिल्ला समितिले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध आयल निगमको केन्द्रिय कार्यलय टेकु अगाडी टायर जलाएर विरोध प्रदर्शन गरेको छ । उक्त प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी बिच दोहोरो झडप समेत भएको थियो । झडपमा परी काठमाडौँ जिल्ला सदस्य गोन्जालो घाइते भएका छन् ।
आयल निगमको गेटमा नारा जुलुससहित टायर जलाएर विरोध गरेको छ । उक्त कार्यक्रमको नेतृत्व अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज ललित बमले गरेका थिए ।
त्यसैगरी काठमाडौंको चावहिल र किर्तिपुर, ललितपुर र भक्तपुरको सानाेठिमीमा पनि अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध टायर बालेर विरोध प्रदर्शन गरेको छ । यस्तै सरकारले पेट्रोलियम पदार्थमा हालै गरेको मुल्य वृद्धिको विरुद्ध अखिल (क्रान्तिकारी) ले पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रदर्शन गरेको छ ।
यसअघि अखिल (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल, मट्टीतेल, ग्याँस लगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको थियो ।

प्रतिक्रियाहरु