मलेसियामा चार नेपाली पक्राउ

२०७९ असार ६ गते, सोमबार


काठमाडौं । मलेसिया प्रहरीले चार नेपालीलाई पक्राउ गरेको छ । मलेसियाको बाटु गुफा श्री सुब्रमण्यर हिन्दू मन्दिरमा भएको र्यालीमा भाग लिएको आरोपमा गत बिहीबार ती नेपालीहरुलाई पक्राउ गरेको हो । पैगम्बर मुहम्मदको अपमान गर्ने भारतीय राजनीतिज्ञ नुपुर शर्माको समर्थनमा निस्केका उनीहरु पक्राउ परेका हुन् । संघीय प्रहरी सीआईडीका निर्देशक दतुक अब्दुल जलील हसन (पिक्स) ले २६ र २७ वर्षका चार संदिग्धलाई मेरु, क्लाङबाट पक्राउ गरिएको जानकारी गराएका हुन् ।
प्रहरीले उक्त समर्थन भेलाको भिडियो रेकर्ड गर्न प्रयोग गरेको उपकरण पनि बरामद गरेको छ । हसनले भेलामा संलग्न अन्य संदिग्धहरुको खोजी भइरहेको बताउँदै फरार भएकाहरुको खोजी जारी गरेको बयान दिएको थियो । उनले भने, ‘हामी भिडियो लिने व्यक्तिलाई अगाडि आउन र हाम्रो अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दछौं ।’ अब्दुल जलीलले देशद्रोह ऐनको दफा ४१ (१) बमोजिम दफा ५०५ (ख) बमोजिम जनतामा भय र अराजकता निम्त्याउने खालको बयान दिएकोसहित अन्य धारा अन्तर्गत मुद्दा चलाएर अनुसन्धान भइरहेको जानकारी गराए ।
सञ्चार र मल्टिमिडिया ऐन २३३ को अन्तर्गत नेटवर्क सुविधाको दुरुपयोगलाई लिएर पनि अनुसन्धान जारी राखिएको छ । केही साताअघि मलेसियामा रहेको बाटु केभ्स हिन्दु मन्दिरको अगाडि हिन्दू समाचार र भारतीय राजनैतिक दल भारतीय जनता पार्टी (भाजपा) की पूर्वप्रवत्ता शर्माको पक्षमा भएको प्रदर्शनको भिडियो खिच्ने एक दर्जनभन्दा बढी विदेशीको समुहमाथि मलेसिया प्रहरीले मंगलबार (१३ जुन) मा अनुसन्धान थालेको थियो ।

भिडियो शेयरिङ एप टिकटकमा गंगाराममहातो२८० नाम गरेका प्रयोगकर्ताले पोस्ट गरेका थिए ।

प्रतिक्रियाहरु