नेपाली मूलका अभिनेता तथा निर्माता श्रेष्ठले जिते ‘एमी अवार्ड’

२०७९ असार ६ गते, सोमबार

काठमाडौं । अमेरिका निवासी नेपाली मूलका अभिनेता तथा निर्माता जसवन्त देव श्रेष्ठले अमेरिकामा भएको एमी फेस्टिभलमा एमी अवार्ड हात पारेका छन् । हलिउडमा टेलिभिजनतर्फको ओस्कार मानिने प्रतिष्ठित अवार्ड कार्यक्रममा श्रेष्ठले वृत्तचित्र ‘फेस्टिभल अफ सरस्वति पुजा’बाट अवार्ड जितेका हुन् । नेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एन्ड साइन्सेज प्यासिफिक साउथवेस्टले आइतबार राति आयोजना गरेको अवार्ड समारोहमा उनले ट्रफी उचाले । उनले पहिलो नेपाली चलचित्र निर्माताका रुपमा प्यासेफिक साउथवेष्ट एमी अवार्ड जितेर इतिहास रच्न सफल भएका छन् ।
अहिलेसम्म उनका श्रृजनाहरु ९ पटक एमी अवार्डको नोमिनेशनमा परे पनि यसपटक मात्र अवार्ड जित्न सफल भएका छन् । श्रेष्ठद्वारा निर्देशित फिल्ममा ज्ञान र कलाकी माता मानिने सरस्वती पूजाको महत्व र संस्कृतिका पाटोलाई चित्रण गरिएको थियो । उनले नेपाली संस्कृतिलाई जोगाउने अभियानको रुपमा आफू अझै अघि बढ्ने भन्दै आफूलाई मतदान गर्ने एमीका सदस्यसहित नेपालीलाई धन्यवाद दिए । श्रेष्ठ लामो समयदेखि अमेरिकाको क्यालिफोर्नियामा स्थायी बसोबास गर्दै आइरहेका छन् ।

प्रतिक्रियाहरु