सहिद कुमार पौडेल स्मृतिसभा सम्पन्न

२०७९ असार ६ गते, सोमबार

काठमाडौं । महान सहिद कुमार पौडेलको चौथो स्मृति सभा सम्पन्न भएको छ । सभाका अध्यक्ष सहिद कुमार पौडेलका जीवनसंगिनी धन कुमारी खड्का पौडेल, प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सर्लाही, रौतहट इन्चार्ज मिसन शाही, अतिथिहरुमा सहिद कुमार पौडेलका बुबा खिलक राज पौडेल, आमा दुर्गा देवी पौडेल, छोरा कुशल पौडेल, सर्लाही जिल्ला सेक्रेटरी कमल सुस्लिङ्ग, सिन्धुली जिल्ला सेक्रेटरी गोपाल, विशेष जिल्ला सेक्रेटरी पवन महतो, रौतहट जिल्ला सेक्रेटरी नर बहादुर थापा, मजदुर मधेस प्रदेश इन्चार्ज पदम किङरिङ्ग मगर लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बाेल्ने सहभागीहरुले कमरेड कुमार पौडेलले देखाउनु भएको सपना आफूहरु बलिदान हुन तयार तर सहिदको सपना पूरा गरि छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् । कार्यक्रम बागमती न. पा. २ धरहरा सहिद कुमार पौडेलको निजि निवासमा सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार