नेकपा उदयपुरद्वारा MCC र SPP सम्झौताविरुद्ध प्रदर्शन

२०७९ असार ६ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले देशमा भएको चर्को मुल्यवृद्धि, भ्रष्टाचार, राष्ट्रघाती MCC र SPP विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । उक्त विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य तथा कटारी नगरपालिका इन्चार्ज अमृत खत्रीले देशमा भएको राष्ट्रघाती MCC र SPP सम्झौता लगाएत पेट्रोलियम पदार्थमा भएको चरम मुल्यबृद्धिका विरुद्ध संसदवादी दलहरु चुइक्क बोल्न नसकेको बताएका छन् ।
देश अहिले राष्ट्रघात र जनघातको दिशामा फस्दै गएको, महिनामा पटकपटक भइहेको मुल्य वृद्धिले जनताको दैनिकी जीवन चलाउन निकै गाह्रो भएको बताए । उनले भने, `हाम्रो जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा नागरिकले उपभोग गर्ने दैनिक उपभोगजन्य वस्तु र सेवाहरुको पनि मूल्य वृद्धि गर्छ र अन्ततः जनताको समग्र जीवनस्तर नै संकटमा पर्दै जान्छ,
यो महङ्गीको मार सबैलाई परेको छ, तर कोही पनि बोल्न सक्दैनन् ।´
नेपालका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक लगायत सबैखाले समस्याको एकमात्र समाधान व्यवस्था बदलेर मात्र हल हुने नगर इन्चार्जको उद्घोष थियो ।-अनिता गजमेर

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु