देशको स्वतन्त्रता,स्वाधिनता र सार्वभौमिकता नै समाप्त हुने खतरा !

२०७९ असार ५ गते, आईतवार


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य रामलाल बिश्वकर्माले देशको स्वतन्त्रता,स्वाधिनता र सार्वभौमिकता नै समाप्त हुने खतरा आएको ठोकुवा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीद्वारा काठमाडौको इन्द्रचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। नेता बिश्वकर्माले नेपालका देशप्रेमी , सच्चा देशभक्त एबम सचेत नागरिकहरु एकजुट भएर एमसिसी र एसपिपी विरुद्धको संघर्षमा एकजुट नहुने हो भने देशको स्वतन्त्रता , स्वाधिनता र सार्वभौमिकता नै समाप्त हुने खतरा रहेको बताए । देश रास्ट्रघात र जनघातको दिशामा फस्दै गएको छ, महिनामा पटकपटक भइरहेको मूल्यवृद्धिले यातायात क्षेत्र र दुवानिको मूल्यवृद्धि गर्छ त्यसले हाम्रो जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा नागरिकले उपभोग गर्ने दैनिक उपभोगजन्य वस्तु र सेवाहरुको पनि मूल्यवृद्धि गर्छ र अन्ततः जनताको समग्र जिवनस्तर नै संकटमा पर्दै जान्छ, उनले भने, यसरी नै मूल्यवृद्धि हुँदै जाने हो भने जनताहरु कसरी बाच्छन, हामिले हाम्रो देशलाई कृषिप्रधान देश त भनेका छौ तर सम्पुर्ण कृषिजन्य सामानहरु आयात नगर्ने हो भने चुलो बल्नै सकिदैन , यो सम्स्याको मुख्य कारण भनेको हाम्रो अर्थतन्त्र स्वाधीन भएन , दलाल भयो।यदि हामी यसको दीर्घकालीन समाधान चाहान्छौ भने दलाल पुजिबादको अन्त्य र राष्ट्रिय पुजिको बिकासका लागि साझा आन्दोलन निर्माण गर्ने दिशामा अगाडि बढ्न जरुरी छ, उनले थपे।
आइतबार काठमाडौको सुन्धारास्थित धरहराबाट शुरु गरिएको जनप्रदर्शन इन्द्रचोकमा समापन गरिएको थियो। कार्यक्रमको सञ्चालन नेकपाका नेता नैन बहादुर शाहिले गरेका थिए भने प्रदर्शनमा केन्द्रिय सदस्य चिरन पुन,बन्धु चन्द, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, गणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर लगाएतका नेताहरुको उपस्थित रहेको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु