म ब्युझेकी छु

प्रजिना दर्नाल २०७९ असार ५ गते, आईतवार


२०७८ साल फागुन १५ गतेका दिन
यो देशका काला मान्छेहरुले
काँतर मुटु भएका राष्ट्रघाती दलालहरूले
साम्राज्यवादिका पाउँमा देशलार्ई बुझाएर
तीन करोड नेपाली जनतालार्ई स्तब्ध बनाएर
भयंकर कालो दिनका रूपमा
१५ गते दर्ज भएको छ ।

शोकाकुल देश भक्त नेपालीहरुलार्ई
व्याख्यात्मक घोषणा गरेर
चोखिन खोजेका राष्ट्रघाती दलालहरुले
यो देशका लाखौं श्रमिकहरूलार्ई
किसान, दलित, महिला, जनजातिहरुका
युगौंदेखिका परिवर्तनका सपनाहरू
हजारौं यो देशका सहिदहरुको सपनामाथि
युगौंदेखि नहारेको देशको भविष्य माथि
महाघात गर्न पुगेका छन्् ।

सुगैली सन्धिमा खुम्चिएको मेरो स्वाधीनता,
सन् १९५० मा भारतले मिचिएको मेरो स्वतन्त्रता,
७८ को फागुन १५ मा एमसिसीको राष्ट्रघातले
मेरो देशको सार्वभौम सत्ता
नामेट पार्ने षड्यन्त्र गरेर
पद र पैसाका निम्ति
लोकतन्त्र र संविधान बचाउने नाटक गरेर

कम्युनिष्टको रातो बर्को ओडेर
जनतालार्ई ठग्ने, धोका दिने र चुस्ने
विषालु जुका बनेर सल्बलाए पछि
भ्रष्टचारै भ्रष्टाचारमा,
काण्डै काण्डमा देशलार्ई डुबाएपछि
जनताको स्वभिमानलार्ई गिराए पछि
म बिउँझेकी छु ।

म ती महान् सहिदहरूका सपनाहरुलार्ई
रक्षा गर्नका निम्ति, पूरा गर्नका निम्ति
तीन करोड जनताको स्वाधीनता र स्वतन्त्रतालार्ई
रक्षा गर्नका निम्ति
ब्युझेकी छु ।
१५ गतेको कालो रातमा
म बिउँझेकी छु ।

महान् सहिदहरू तिम्रो रगतले लेखिएका
तिम्रा इतिहासहरू
तिम्रो वीरगाथाले जोगाएको
मेरो देश र तिम्रो सपनालार्ई
पूरा गर्न र दलाल पुँजीवादलार्ई अन्त्य गरेर
वैज्ञानिक समाजवाद स्थापना गर्न प्रतिबन्ध हुँदै,
म ब्युझेकी छु ।

अब यो देशमा स्वाभिमानी जनताले
शिर निहुराउनु पर्दैन
साम्रराज्यवादीसँग लत्रिएका
तिम्रा सपनालार्ई हत्या गर्न
लागेका दलालहरुलार्ई
सत्यनाश बनाउन
तिम्रा हजारौं अनुयायीहरुले
तिम्रै बाटोमा विद्रोह गरिराखेका छन्् ।

ती राष्ट्रघाती दलालहरूले
जनताको रगत चुसेर
देशको भविष्यलार्ई
दुश्मनहरूको पाउँमा बुझाउने जनघातीहरूलार्ई
तिम्रा सच्चा अनुयायीहरुले
कहिल्यै माफ दिने छैनन् ।

तिनको अपराधको दण्ड
नेपाली जनताले अवश्य दिनेछन्् ।
सत्यका लागि, न्यायका लागि
परिवर्तन र समृद्ध भविष्यका निम्ति
म ब्युझेकी छु ।

महान् सहिदहरू तिम्रो सम्झनामा
त्यसपछि मेरो संकल्प छ ।
म बिउँझे पछि मेरो संकल्प छ
तिम्रो बाटो र तिम्रो बलिदान
सधैँ मेरो शक्ति भएर रहेने छ ।
म ब्युझेकी छु ।

म ब्युझिसकेकी छु ।
अब सतर्क हुने ती सबै ।

प्रतिक्रियाहरु