एसपीपीपी सम्झौता तत्काल खारेज गर

२०७९ असार ५ गते, आईतवार

अमेरिकाले नेपालमा आफ्ना सेना भित्र्याउने योजनाअनुसार स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपीपी) सम्झौता प्रस्ताव गरेको तथ्य सार्वजनिक भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपीपी) सम्झौताको मस्यौदा बाहिरिएसँगै नेपाली राजनीतिक बृत्त तरंगित भएको छ । नेपाली सेना र अमेरिकी रक्षा मन्त्रालयबीच हुने भनिएको एसपीपीपी सम्झौतामा हस्ताक्षर भए नेपालको जुनसुकै भू–भागमा अमेरिकी सेना तैनाथ हुन पाउने छन् । प्रस्तावित सम्झौतामा नेपालको उच्च भूभाग भएका क्षेत्रमा संयुक्त प्रशिक्षण अभ्यास गर्ने, नेपालमा विपद् व्यवस्थापनमा संयुक्त तालिम र सहकार्य गर्ने, नेपाली सेनाका जवानहरुलार्ई अमेरिकामा सैन्य विषयमा पढ्न पठाउने र अमेरिकाको युटा राष्ट्रिय पहरेदार नेशनल गार्डका सिपाहीलार्ई नेपाली सेनाको नेशनल डिफेन्स आर्मी कोर्षमा सहभागी गराउने उल्लेख गरिएको छ । यस्तै, नेपाली सेनाले मागेअनुसार हल्का एवं कम घातक सैन्य सामग्रीहरु अमेरिकाले उपलब्ध गराउने र नेपाली सेनालार्ई प्रतिआतंकवाद इन्टिलिजेन्स क्षमता बढाउन सहयोग गर्ने उल्लेख गरिएको छ । प्रस्तावित सम्झौतामा नेपाली सेनाले लिखित अनुरोध गरेर लजिष्टिक सहयोग मागेमा अमेरिकी पक्षले सहजीकरण गरिदिने र त्यस्तै अमेरिकी सेनाले पनि नेपाली सेनाले प्रयोग गरेकै मूल्यमा लजिष्टिक सपोर्ट पाउने उल्लेख छ । अमेरिकी नेशनल गार्डले विदेशबाट नेपालमा ल्याएको सामग्री तथा नेपालभित्रै प्राप्त गरेको सम्पत्ति आदिमा नेपाल सरकारले कर छुट दिने पनि भनिएको छ । सम्झौतामा हस्ताक्षर भए अमेरिकी नेशनल गार्डले नेपालको कानूनबमोजिम हुनेगरी नेपाली सेनाका व्यारेकहरु नेपाली सेनाले जस्तै गरी प्रयोग गर्न पाउने छन् । यी सबै तथ्य हेर्दा अमेरिका नेपालमा आफ्नो सैन्य अखडा जमाउन लागि परेको प्रमाणित हुन्छ । जुन आमस्वाभिमानी नेपालीलार्ई सैह्य हुने विषय होइन । तसर्थ, सरकारले अमेरिकाको नेपाललार्ई आफ्नो सैन्य अखडा बनाउने षड्यन्त्र तत्काल चकनाचुर पार्नुको बिकल्प छैन । अन्यथा आमस्वाभिमानी नागरिक अमेरिकाको यो हर्कत र सरकारको निरीहतापनबिरुद्ध सडकमा ओर्लन बाध्य हुने छन् र सडकबाटै अमेरिकि दाउपेच र त्यसलार्ई भरथेग गर्ने नेपालका राष्ट्रघाती र जनघाती राजनीतिक दल, तिनका नेता र देशी–विदेशी दलालहरुलार्ई खरानी पार्नेछन्, चेतना भया

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु