राष्ट्रिय स्वाधीनताको संघर्ष अनिबार्य

२०७९ असार ५ गते, आईतवार
झपेन्द्र बैद्य



अहिले देश संकटग्रस्त अवस्थामा छ। राजनीतिको खिचातानी छ। आर्थिक मन्दी छ। बैंक टाट पल्टेका छन् । सबभन्दा संबेदनशील बिषय त SPP को संझौता भएको छ। राज्यले जति ईन्कार गरेंपनि जति टालेपनि छर्लंग देखेको भनेजस्तै भएको छ । सेना बिबादमा तानिएको छ । MCC पछि अर्को घटना उभिएको छ । State partnership programme ले गर्दा त देशै रहने वा नरहने अवस्थामा पुगेको छ ।
ई २०१५ मा तत्कालीन प्रधान सेनापति राजेन्द्र केसीको पालामा SPP संझौता भएको देखिन्छ। राजेन्योद्र के सीको हस्ताक्षर देखिएकोले टालटुल गर्ने अवस्थामा छैन यो। जालीले टालेको जति टाले नि छर्लंग देखेको भने जस्तै भएको छ। IPS का कमाण्डर नेपाल आएर प्र म शेरबहादुर देउबासँग SPP को संझौता गर्न े परिपाटी मिलाएको छन । तर चारैतिरबाट बिरोध भए पछि सरकारले यस्त संझौता न नगरेको भनेर ढाक छोप गरेको छ ।
सैनिक गठबन्धन कहालिलाग्दो कुरा छ । एउटा भूपरिबेष्ठित देश नेपाल पेन्टागनसँग गठबन्धन गर्न सक्दैन । NATO सँग सहकार्य गर्न सक्दैन। नेपालको उत्तरतिर बिशाल देश चीन रहेको छ । चीनले यसलाई हेरिैरहेको छ। अमेरिका नेपाल आउनु नै चीनको टाउको दुःखाइ हुन्छ । अमेरिकी सेना नेपाल आएमा चीन पनि नेपाल आउने छ । यसबेला नेपाल दोस्रो युक्रेन बन्छ। नेपाल सामरिक दृष्टीले अति महत्वपूर्ण देश छ । यूरेनियमको खानी यहाँ छ। हीरा यहीँ छ। एउटा त बहू मूल्य प्राकृतिक संपदा छ। दोस्रो भनेको चीनलाई जिस्काउन चाहन्छ अमेरिका। यसैले गर्दा अमेरिकाले नेपाललाई गहिरिएर हेरेको छ। यसरी नेपाल युद्धस्थल बन्ने निश्चित छ। यस्तो भएमा ढीलो वा चाडो अमेरिकाले हमला गर्ने छ। यसको चीनले प्रतिकार गर्ने छ। पुर्खाले आर्जेको देश नेपाल दलालले गर्दा युद्धको कृडा स्थल हुने छ। यहाका लेण्डुपेहरूल् गर्दा ध्वनी मतले एमसीसी पास गराए। अहिले Spp पास गर्दै छन्। यस बेला सबै युवा, किसान, मजदूर, बिद्यार्थी, शिक्षक सबै तह र तप्काका नेपालीहरुले यस राष्ट्रघाती संझौताको बिरोध गर्नुपर्छ । राष्ट्रीयता, राष्ट्रिय स्वाधीनता र देशको सार्वभौम सत्ताको लागि पार्टीभन्दा माथि उंठेर संघर्ष गर्नुको बिकल्प छैन।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु