‘जनयुद्धका बाकी कार्यभार पूरा गर्न एकीकृत जनक्रान्ती’

२०७९ असार ४ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्धका बाकी कार्यभारहरु पूरा गर्नका लागि एकीकृत जनक्रान्तीको कार्यदिशामा आफुहरु लम्किरहेको बताएका छन । दाङको तुलसीपुर उपमहानगरपालिका-१२ बस्ने जनयुद्धका सहिद गंगाराम वली(क.तारादेव) का परिवारसंगको भेट गर्दै महासचिव ‘विप्लवले सो कुरा बताएका हुन् ।
सहिद परिवारसंगको भेटघाटमा महासचिव ‘विप्लवले हने – ‘महान जनयुद्ध र पछिल्लो समय एकीकृत जनक्रान्तीमा सहिदले बगाएको रगतको उच्च सम्मान गर्छौं। मुक्ती युद्धमा आफ्नो अमुल्य जीवन बलिदान गर्ने सहिदहरुका सपना पूरा गर्न हामी र हाम्रो पार्टी प्रतिबद्ध छ।सहिदका सपना पूरा गरिछाड्छौ बरु बलिदान नै गर्न किन नपरोस।’
जनयुद्धका सहिद गंगाराम वली(तारादेव)का छोरा हाल नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य एवम बबई गाउपालिका कमिटिका इन्चार्जसमेत रहेका कुल बहादुर वली(प्रतिरोध)ले सामाजिक संजाल फेसबुकमा नेकपाका महासचिव विप्लव सहितका नेताहरुले आफ्नो परिवारसंग भेटघाट गरेको बताएका छन। उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सहिद परिवारलाइ भेटन गएका विप्लवलाई धन्यवाद ज्ञापन गरेका छन।साथै सहिद पुत्र प्रतिरोधले सहिद परिवारको तर्फबाट नेकपाका महासचिव विप्लवलाई सुझाव समेत पेश गरेका छन।
उनले लेखेका छन– ‘क्रान्तीको झण्डा ढल्न नदिनु।एकीकृत जनक्रान्तीको बाटोबाट कहिल्यै बिचलित नहुनु।देश र जनताको इच्छा आकांक्षामा आच आउने काम कहिल्यै पनि नगर्नु। जनयुद्ध,जनआन्दोलन र एकीकृत जनक्रान्तीका घाइते योद्धा नेता-कार्यकर्ताहरुलाइ सम्मान गर्नु।सहिदहरुले बलिदान गरेको रगतलाइ खेर जान नदिनु।जनयुद्धका बाकी कार्यभार पूरा गर्नु।’
जनयुद्धका सहिद गंगाराम वली(तारादेव)लाई सिआइडिहरुद्वारा नियन्त्रणमा लिएर खुकुरी प्रहार गरि दोहोरो भिडन्तको नाममा २०५६ भदौ २९ गते रोल्पा पाखापानी-४ लोदचौरमा हत्या गरि प्रहरीलाई बुझाइएको थियो। तत्कालीन समयमा सहिद तारादेवको जिम्मेवारी सेल सेक्रेटरी एवम किसान महासंघको एरिया अध्यक्षको थियो। क्रमशः जनयुद्धका सहिद क.तारादेवका छोरा कुल बहादुर वली(प्रतिरोध),श्रीमती भिमकली वली,नेकपाका महासचिव विप्लव, बुहारी सीता वली(करुणा) जनयुद्धका सहिद तारादेवका छोरा हाल नेकपाका दाङ जिल्ला कमिटी सदस्य एवम बबई गाउपालिकाका इन्चार्ज समेत हुन । दुश्मनले आफ्नो बुवालाइ हत्या गरेपछि दुश्मनले ‘बाघको बच्चा बाघ हुन्छ’ भन्दै आफुलाइ पनि सिध्याउने रणनीति बनाएपछी आफुले १३ वर्सको उमेरमा भुमिगत हुँदै होलटाइमर कार्यकर्ता भएर निरन्तर क्रान्तीमा कृयाशिल रहेको कुल बहादुर वली(प्रतिरोध)ले बताए। २०५७ असार १९ गतेदेखि १३ वर्षको उमेरमा होलटाइमर भएर जनयुद्धमा सुचना संचार, कलाकार, जनमिलिसिया, बिद्यार्थी संगठन,जनमुक्ती सेनासम्मको भुमिका निर्वाह गरेको वली बताउछन। प्रचण्ड-बाबुरामले क्रान्ती सिध्याएपछि २०६८ सालमा जनमुक्ति सेनाबाट अवकाश लिएको नेता प्रतिरोधले बताए। अवकाश लिएपनी अधुरो क्रान्ती पूरा गर्ने सपना साकार पार्न मोहन बैद्ध(किरण) नेतृत्वको नेकपा-माओवादी आबद्ध भएपनी क्रान्तीको लागी स्पष्ट कार्यदिशा नहुनु र ढुलमुले प्रवृती देखिएपछी आफु नेकपाले लिएको एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा दृढतापुर्वक लागेको वलीले बताए।
शुक्रबार महासचिव विप्लवसहित पार्टीका सचिवालय सदस्य विषम,पार्टी केन्द्रीय समितिका सदस्यहरु शितल,आदर्श,सुन्दर,सबिन,नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन,केन्द्रीय सचिव तिलक लगाएत नेकपा दाङका नेता-कार्यकर्ताहरुको उपस्तिथिमा सहिद परिवारसंग भेटघाट गरेका थिए ।

प्रतिक्रियाहरु