माओवादी केन्द्र, नेकांसँगको सहकार्य र एमसीसी

२०७९ जेष्ठ ३० गते, सोमबार

डा. केशव देवकोटा

पाँच दलीय सत्ता गठबन्धनभित्रको एउटा घटक माओवादी केन्द्रले फेरि एकातिर वाम मोर्चा गठन गर्ने हल्ला चलाएर अन्य वाम पार्टीको ध्यान अन्यत्र मोड्ने र नेपाली कांग्रेससँगको आफ्नो गठजोडलार्ई मजबुत बनाउँदै लगेको देखिएको छ । सो पार्टीको यही जेठ २० गते केन्द्रिय समितिको बैठक बसेर विवादास्पद अमेरिकी योजना एमसीसी लगायतका विविध राजनीतिक विषय र सन्दर्भमा वारपार हुने गरी छलफल गर्ने भनिएको थियो । गत फागुनमा नाटकीय ढंगले संसदबाट एमसीसी पारित भएको घोषणा गरिएपछि पार्टीमा चर्किएको विवादलार्ई साम्य पार्नका लागि अध्यक्ष पुष्पकमल दाहालले स्थानीय निर्वाचन नजिकिएका कारण एमसीसीको विवादको निरुपण जेठ २० को बैठकबाटै गर्ने भन्दै यदि एमसीसीका बारेमा साथीहरुलार्ई चित्त बुझाउन नसकेको खण्डमा अध्यक्ष पदनै परित्याग गर्ने पनि बताउनु भएको थियो । तर, जेठ २० मा केन्द्रिय समितिको बैठकनै आयोजना गरिएन । त्यसपछि तत्काल भर्चुअल माध्यमबाट अन्तरक्रिया सञ्चालन गरेर असार १५ मा केन्द्रिय समितिको बैठक गर्ने भनियो । तर, विविध कारण देखाएर भर्चुअल अन्तरक्रिया पनि गरिएन । त्यसपछि बसेको पूर्वस्थायी समितिका सदस्यहरुको संक्षिप्त बैठकमा पनि एमसीसीका बारेमा उच्चारणसमेत भएन । अब माओवादी केन्द्र खासगरी अध्यक्ष दाहाल सत्ताको नेतृत्व लिने होडमा लागेका कारण फेरि पनि एमसीसी र नेकांसँगको सहकार्यकाबारेमा छलफल हुने कुनै संभावना देखिएको छैन । अब संसदको निर्वाचनपछि मात्र पार्टीका नीतिहरुकाबारेमा छलफल गर्ने भन्दै पर सार्दै लाने नीति लिइएको छ । कुनै पनि पार्टीको नीति तथा कार्यनीति भनेका कुराहरु सो पार्टीका नेता तथा कार्यकर्ताहरुका लागि जीवन–मरणका सवालहरु हुन् । जसको निरुपण यथासमयमा भएको हुनुपर्दछ । यतिबेला माओवादी केन्द्रमा मूलरुपमा नेकांसँगको सहकार्य र एमसीसीकाबारेमा विवादहरु बढ्दै गएका छन्् । जसको समयमा नै निरुपण नगर्ने हो भने आगामी संसदको निर्वाचन अगाबै सो पार्टीलार्ई बिभाजन हुनबाट कसैले पनि बचाउन सक्ने अवस्था छैन । माओवादी केन्द्रको मूल नेतृत्व ०६३ सालको राजनीतिक परिवर्तनपछि प्रायः अधिकांशत नेपाली कांग्रेससँगको सहकार्यमा रहेको छ । सोही सहकार्यका कारण कतिपय क्रान्तिकारी शक्तिहरुले पुष्पकमल दाहालको साथ छाडिसकेका छन्् । अब पनि बचेखुचेका क्रान्तिकारीहरुले पार्टीको दक्षिणपन्थी रुझानकाबारेमा तत्कालै गम्भीर ढंगले सोच्नुपर्ने भएको छ । कांग्रेससँगको निरन्तर सहकार्यले गर्दानै सो पार्टी एमसीसी प्रकरणमा फस्न पुगेको हो । त्यसैले माओवादी केन्द्रको विवादमा नेकांसँगको सहकार्य र एमसीसी दुबैलार्ई जोडर हेर्नुपर्ने हुन्छ । नेपालका सन्दर्भमा नेपाली कांग्रेसलार्ई दक्षिणपन्थी र खासगरी संसदीय राजनीतिको प्रतिनिधिमूलक पार्टीकारुपमा लिने गरिन्छ । जसको अन्तर्र्राष्ट्रिय संलग्नता खुलेयाम भारत र अमेरिकासँग छ । राजतन्त्रको अन्त्यपछि नेपालमा कम्युनिष्टहरुको मुख्य वर्गशत्रु भनेकै नेपाली कांग्रेस हो । एकातिर माओवादी केन्द्रले सहकार्यका नाममा नेपाली कांग्रेसको राजनीतिलार्ई अगाडि बढाउने र कम्युनिष्ट राजनीतिलार्ई भ्रष्टिकरण गर्ने काम गरेको छ भने अर्कातिर एमसीसीमार्फत् नेपालमा अमेरिकी साम्राज्यवादको अघोषित उपनिवेशलार्ई स्वीकार पनि गरेको छ । नेपालको एमसीसी प्रकरणमा भारतलेसमेत मौन सहमति जनाएर आफ्नो पक्षधरता स्पष्ट गरेको छ । माओवादी केन्द्रको गत महाधिवेशनमा शब्दगत रुपमासमेत भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको आलोचना हुन सकेको थिएन । ०७८ को असोज तिरै नेकांका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर माओवादी केन्द्रका अध्यक्ष दाहालले अमेरिकालार्ई जसरी पनि फागुनसम्ममा एमसीसी पारित गराउने बचनबद्धता ब्यक्त गरिसकिएको अवस्थामा त्यसपछि एमसीसीविरुद्ध गरिएको सडक आन्दोलन र एमसीसीसँगै संसदबाट पारित गरिएको भनिएको १२ बुँदे संकल्प प्रस्तावको कुरा आफैँमा भुलभुलैया मात्र थियो । संसदबाट एमसीसी पारित भएको नाटकीय घोषणापछि त्यसका असरहरु धमाधम देखिन थालेका छन्् । जसले गर्दा नेपाल शक्ति राष्ट्रहरुको रणमैदान बन्ने संभावना पनि प्रबल बन्दै गएको छ । प्रधानमन्त्री देउवा र नेपाली सेनामा प्रधान सेनापतिको अमेरिका भ्रमणपछि एमसीसीका असरहरु अझ प्रगाढ हुँदै जाने संभावना छ । यसरी माओवादी केन्द्रको राष्ट्रिय र अन्तर्र्राष्ट्रिय दुबै नीतिमा गम्भीर त्रुटी रहेका कारण देशको राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि कालो बादल मडारिन थालेको छ । जसको तत्कालै छलफल गरेर चिरफार नगर्ने हो र नयाँ राजनीतिक गन्तब्यको तय नगर्ने हो भने सो पार्टीमा रहेका असल कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुको भविष्य धरापमा पर्ने देखिएको छ । माओवादी केन्द्रमा देखिएको पछिल्लो अन्तरसंघर्षको तत्कालै समाधान गरिएन भने यसले नेपालको कम्युनिष्ट राजनीतिमै नकारात्मक असर गर्ने छ । अबको अवस्थामा पनि नेपाली कांग्रेस र अमेरिकी साम्राज्यवादको खेताला बनेर माओवादी केन्द्रमा बसिरहनु देश र जनताप्रतिको बेइमानी हुने देखिएको छ । माओवादी केन्द्रका बारेमा भन्नु पर्दा केही आधारभूत कुराहरुमाथि विचार गर्नुपर्ने हुन्छ । पहिलो त माओवादी केन्द्रले आपूmलार्ई क्रान्तिकारी पार्टी हो कि संसद्वादी दक्षिणपन्थी पार्टी हो भन्ने स्पष्ट गर्नु जरुरी छ । यदि क्रान्तिकारी पार्टी हो भने उसले नेपालका सन्दर्भमा आपूmलार्ई देशीय सामन्तवाद र त्यसको प्रतिनिधिमूलक पार्टी नेपाली कांग्रेसको बिपक्षमा उभ्याउनै पर्दछ । हालको नेकांसँगको सहकार्यलार्ई तत्काल अन्त्य गरेर आपूmलार्ई क्रान्तिकारी अन्य पार्टीहरुसँगको सहकार्यमा स्थापित गर्नुपर्दछ । असली वाम मोर्चाको निर्माण र क्रान्तिकारी वाम पार्टीहरुसँगको संलग्नता देखाउनै पर्दछ । त्यसैगरी माओवादी केन्द्रले आपूmलार्ई अन्तर्र्राष्ट्रियरुपमा भारतीय विस्तारवाद र अमेरिकी साम्राजवादको विपक्षमा पनि उभ्याउन सक्नुपर्दछ । पछिल्लो समयमा नेपाली कांग्रेसमार्फत् खतरनाकरुपमा अमेरिकी साम्राज्यवादको उपस्थिति र हस्तक्षेप नेपालमा बढ्दै गएकाले त्यसका विरुद्ध सडकदेखि सदन र सरकारसम्मनै बिरोध गर्नुपर्ने अवस्था सिर्जना भएको छ । जसका लागि नेकपाले शुरु गरेको ‘देश र नेपाली जनताको जीवनमा पैदा भएका गम्भीर समस्याको समाधानार्थ तात्कालीन र दीर्घकालिन मुद्दालार्ई लिएर जनसंघर्ष’ मा नेपालका अन्य कम्युनिष्ट पार्टीहरु पनि गोलबद्ध हुँदै जानुपर्दछ । अहिलेको आवश्यकता भनेकै नेपालमा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध सशक्त आन्दोलन र अभियान सञ्चालन गर्नु हो । होइन माओवादी केन्द्रले आपूmलार्ई नेपाली कांग्रेसजस्तै दक्षिणपन्थी संसदवादी पार्टीकारुपमा स्थापित गर्न खोजेको हो भने उसले आफ्नो नामबाट कम्युनिष्ट शब्द हटाएर सामाजिक जनवादी पार्टीकारुपमा अगाडि बढाउनु उपयुक्त हुन्छ । माओवादी केन्द्रको पार्टी नेतृत्वको ‘न हाँसको चाल न कुखुराको चाल’ भनेजस्तो नीतिले नेपाली समाजमा विभिन्न किसिमका अन्योलताहरुलार्ई जन्म दिएका छन्् । यस कार्यबाट नेपालको कम्युनिष्ट आन्दोलनलार्ई क्षति त पुगेकै छ, त्यसबाट सो पार्टीको संगठनसमेत कांग्रेसीकरण हुँदै गएको देखिएको छ । यसअघि एमालेसँग केही समय पार्टी एकता गरेर फुट्दा कतिपय नेता तथा कार्यकर्ताहरु सोही पार्टीमा रहे भने अब नेकांसँगको सहकार्यले पनि माओवादी केन्द्रलार्ई राजनीतिक र सांगठानिकरुपमा कांग्रेसीकरण गर्ने निश्चित छ । त्यस्ता कार्यबाट पार्टीलार्ई कुनै लाभ हुनेवाला छैन । बरु हानी नोक्सानीनै बढी हुने देखिएको छ । माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्दा माओवादको सिद्धान्तलार्ई परित्याग गरेको थियो । हाल सो पार्टीसँग अलग भए पनि उसले माओवादको सिद्धान्तलार्ई आफ्नो पार्टीमा पुनस्र्थापना गरिएको औपचारिक घोषणा गरेको छैन । जसले गर्दा माओवादी केन्द्र सैद्धान्तिक रुपमा नाङ्गेझार बन्दैगएको छ । यथार्थमा भन्ने हो भने माओवादी केन्द्रमा पुराना जनयुद्धकालीन माओवादी नेता तथा कार्यकर्ताहरुको संख्या पनि न्यून छ । जसमा एकता केन्द्र मसालबाट आएकाहरुको बाहुल्यता बढी छ । तर, पछिल्लो समयमा नेतृत्वले सो शक्तिलार्ई पनि किनारा लगाउन विभिन्न प्रपञ्च गर्दै आएको देखिएको छ । माओवादी केन्द्रका रहेका विभिन्न पार्टीबाट आएका खासगरी नेताहरुलार्ई बिभाजन गर्ने र आपसमै लडाउने÷भिडाउने खालका कामहरु भैरहेका छन्् । सो पार्टीमा बढेको आन्तरिक खिचलोकै कारण गत निर्वाचनमा तराईका महोत्तरीलगायतका जिल्लाहरुमा अन्तर्घातको सामना गर्नुपरेको थियो भने बिगत छ महिनादेखि पार्टीका पदाधिकारीहरुको चयनसमेत हुन सकिरहेको छैन । पार्टीका कतिपय पुराना नेताहरुमध्ये कतिपयलार्ई जिम्मेवारीबिहीन बनाएर किनारा लगाउने प्रयास भएको छ । कतिपयलार्ई काममा असहज अवस्था सिर्जना गरेर पार्टीबाट बाहिरिन बाध्य बनाइएको छ । माओवादी केन्द्रले देशीय सामन्तवाद र अन्तर्र्राष्ट्रिय साम्राज्यवाद दुबैको एकसाथ खुलेयाम समर्थन गरेका कारण अन्य कम्युनिष्ट शक्तिहरुलार्ई पनि जनताका माझमा गएर कम्युनिष्ट राजनीतिको प्रचार गर्न समेत अप्ठेरो परेको अवस्था छ । यो सबै माओवादी केन्द्रका अध्यक्षको इन्डो पश्चिमा शक्तिसँगको संलग्नताका कारण भएको हो भन्ने कुराहरु क्रमशः खुल्दै जान थालेका छन्् । विचारका लागि थालिएको राजनीति सत्ता र शक्तिमा लगेर बिसर्जन गर्ने कामले कोही कसैको भलो गर्दैन । त्यसैले माओवादी केन्द्रले लिएको राष्ट्रिय र अन्तर्र्राष्ट्रिय गलत नीतिकाबारेमा नेपालका अन्य वाम पार्टीहरुले गम्भीर र खरो ढंगले संश्लेषण र प्रतिवाद गर्नुपर्ने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु