समाजवाद र महिला

२०७९ जेष्ठ ३० गते, सोमबार
भृकुटी

 

परिणामस्वरुप अत्यन्तै गडबढ भयो र त्यसलार्ई ठिक गर्नका लागि एउटै मात्र मार्ग बाँकी रह्यो कि मातृ अधिकारको ठाउँमा पितृ अधिकार कायम गरियोस् । र, यस ढंगले धेरथोर गडबढी दूर भयो पनि । समग्रमा यो ज्यादै स्वभाविक संक्रमण जस्तो देखिन्छ । –काल माक्र्स

मातृ–अधिकारको उन्मूलन नारी जातिका लागि विश्व ऐतिहासिक महत्वको पराजय थियो । अब घरभित्र पनि पुरुषले आफ्नो आधिपत्य जमायो । नारीलार्ई पदच्यूत गरियो र दासत्वमा जकडियो । वीरकालको, र त्यसभन्दा पनि बढी शास्त्रीय कालका युनानीहरुमा नारीको यो पतित हैसियत स्पष्टसँग देखियो । पछि विस्तारै विस्तारै किसिम किसिमका आवरणले ढाकेर तथा सजाएर र आंशिक रुपमा थोरै नरमरुप दिएर त्यसलार्ई पेस गर्न लागियो । तर यो गिरावट कहिल्यै पूरा भएन । – (प्रे. ऐंगेल्स ः परिवार निजी सम्पत्ति र राज्यको उत्पति)

महिला वर्गमा भएको सहनशिलता र कोमलताको फाइदा उठाउँदै प्राकृतिक रुपमा प्राप्त मातृ अधिकार षड्यन्त्रमूलक ढंगले बल प्रयोगविना नै स्वभाविक रुपमा मातृ उत्तराधिकारीको प्रथालार्ई उल्ट्याइयो र त्यसको ठाउँमा पैतृक उत्तराधिकारी प्रथा स्थापित भयो । जसको कारण महिलामाथि पुरुषको एकल अधिकार कायम हुनु, श्रम विभाजनमा–उत्पादनशिल श्रममा पुरुष हुनु, अनुत्पादनशिल श्रममा महिला हुनु, उत्पादनका साधन र श्रोतमा निजी स्वामित्व कायम हुन् आदि रह्यो । इतिहासमा पितृसत्ताले दिएको धोका षड्यन्त्रको अन्त्य गर्न कति क्रान्ति भए, कति संघर्षहरु भए, सयौंको संख्या महिलाहरुले बलिदान दिए तर सामान्य सुधार मात्रै भयो । नारी जातिमाथि भएको अपमानजनक पराजयलार्ई विजयमा बदल्न कसैले सकेको छैन । अब यसको विकल्प विश्वका बहुसंख्यक सर्वहार श्रमजीवि वर्गमाथि शोषण, दमन र एकाधिकारवादी प्रभुत्व जमाए रहेको दलाल पुँजीवादी व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको उदयबाट मात्रै आम सर्वहारा श्रमजीवि वर्ग मुक्त सम्भव छ । स्वतः वर्गको मुक्तिसँगै महिल मुक्ति अनिवार्य हुन आउँछ ।

दलाल पुजीवादी व्यवस्था के हो ?

‘‘पुँजीवादी व्यवस्थामा कम पुँजी भएका वर्गका महिलाहरुको संसार उनीहरुको घर हो, जब कि सर्वहारा महिलाहरुको घर पूरा विश्व हो । निरङ्कुश, क्रुरता, दुःखहरु र खुशीले भरिएको संसार हो ।’’ –रोजा लक्जमवर्ग

दलाल पुँजीवादी व्यवस्था भनेको बहुसंख्यक सर्वहारा श्रमजीवि जनताको रगत पसिना र श्रमको शोषणद्वारा आर्जित पुँजी सीमित व्यक्तिको हातमा केन्द्रीत गरी बहुसंख्यक जनतामाथि शासन गर्ने र मालिकको जाकडी गर्ने एक खालको प्रविधि पुँजीवाद हो । यसले विश्वका सीमित पुँजीपति वर्गका कम्पनीहरुमार्फत् अति एकाधिकारवादी र अतिकेन्द्रीत तरिकाले विश्व समुदायमा लुट मच्चाइरहेको छ । हुँदाहुँदा राज्य सत्तानै नियन्त्रणमा लगेको छ । यसले महिला वर्गमा एनजियो, आइएनजियोमार्फत् रुपमा औपचारिक समानताको गुलियो नारा फलाकेको छ । सारमा दोश्रो दर्जाको नागरिकको तक्मा भिराइ दिएको छ । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा अधिकारविहीन चरम उत्पीडनको सिकार बनाएको छ ।

समानताको नाममा फैलाएका खराबीहरु

१) अनुत्पादनशिल श्रममा कैद गर्नु

मातृ प्रधानसमाजअन्तर्गत महिलाहरुले नै उत्पादन (वितरण) को नियन्त्रण गर्दथे । आधुनिक ढंगको खेतिपातीमा महिलाहरुको नै प्रमुख भूमिका हुन्थ्यो । जब जनावरका बथान या अन्य सम्पत्तिका कारण कविलामा क्रान्ति भयो, गोत्रको सामूहिक स्वामित्वबाट अलग–अलग परिवारमा मुखियाहरुको निजी सम्पत्तिमा परिणत भयो । त्यसको मालिक पुरुष नै हुन थाल्यो । त्यसपछि श्रम विभाजनमा जीवनका लागि चाहिने आवश्यक साधन जुटाउने, उत्पादन गर्ने, त्यसको स्वामी पनि पुरुष नै बन्न थाले । महिलाले उपभोगको हिस्सा लिए पनि स्वामित्वमा कुनै पनि हिस्सा थिएन । पुरुषले आपूmलार्ई स्थापित ग¥यो । महिला वर्गलार्ई दोश्रो दर्जामा धकेलिदियो । महिला घरेलु कामकाजमा मात्र सीमित भइ अब उसका लागि संसार चुलो, चौको, घर, श्रीमानको सेवा, बच्चाको पालनपोषण मात्रै हुन गयो । सामाजिक उत्पादनका सबै क्षेत्रबाट निकाला गरियो । मूल्यहीन श्रममा कैद गरियो । आजको पुँजीवादी युगसम्म पनि यही अन्यायको सिकार भएका छन्् ।

२) बेश्यावृत्तिको विकास गर्नु

‘‘जहिलेदेखि समाज वर्गमा बाँडियो तहिलेदेखि नै अनिवार्य रुपले वेश्यावृत्ति पनि सुरु भयो ।’’ प्रष्ट छ जबसम्म धनसम्पत्तिको आधारमा अरुलार्ई किन्ने, कज्याउने र उनको शोषण गर्ने शोषक वर्ग रहनेछ तबसम्म वेश्यावृत्ति पनि अनिवार्य रुपमा रहने छ । –एङ्गेल्स

आदिम वर्गहीन गण समाजमा वेश्यावृत्ति भन्ने शव्द जन्मेको थिएन । दास युगबाट नै वेश्यावृत्ति जन्मेको हो । र सामान्ति युगमा हाँगा हाली पुँजीवादी युगमा फलेफुलेको हो । यसको जन्मदाता गरिव जनता नभइ शोषक वर्ग नै हुन् । संसारमा ठूला पुँजीपति देश र पुँजीपति वर्गले आफ्नो व्यापारका लागि र राज्यले पनि कर असुलीको लागि निश्चित इलाका नै छुट्याएका छन्् । वेश्यावृत्ति महिलाहरुको कमजोरी नभइ पुँजीवादी राज्य व्यवस्थाको कमजोरी हो । यसको मूल कारण आर्थिक कठिनाइ हो । आर्थिक संकटले ग्रस्त भएका महिलाहरु अरु कुनै सम्मानजनक पेसा पाउन नसकी आफ्नो इच्छाबिना परपुरुषलार्ई पैसाको निम्ति शरीर सुम्पन्न बाध्य छन्् । व्यपारी समाजमा जोसँग जे छ त्यही बेचेर खान्छ । वस्तु हुनेले वस्तु बेच्दछ, दिमाख हुनेले बुद्धि बेच्दछ, शरीर हुनेले शरीर बेच्दछ ।

३) पु“जीपतिले विलासिताको साधन बनाउनु

पुँजीपतिहरुले महिलाहरुलार्ई पुँजी आर्जन गर्ने आफ्नो भोग विलास र मनोरन्जनको कटपुतली भन्दा अरु केही ठान्दैनन् । आफ्ना सामान विक्री गर्न विज्ञापनको साधन बनाएका छन््, नाइट क्लव, डान्सबार, दोहोरी साँझ, सिनेमाहरुमा मदिरा सेवन गराई ग्राहक आक्रषण गरी व्यापार गर्ने माध्ययम बनाएका छन्् । यो महिलामाथिको शारीरिक र मानसिक शोषण हो । पुँजीपतिहरुले गरिब महिलाका कोख भाडामा लिएर बच्चा जन्माउने र विदेशमा बच्चा विक्री गर्ने गरिरहेका छन्् । आफ्ना आइमाईको सौन्दर्य बिग्रिन्छ भनेर गरिब महिलाहरुलार्ई दुध चुसाउन, बच्चा स्याहार–सुसार गर्ने धाइआमा बनाएका छन्् । यो पनि पुँजीपतिको विलासिताको लागि हो भने गरिब महिलाको आर्थिक कठिनाई हो । पुँजीवादीहरु छाडावादलार्ई महिला स्वतन्त्रताको पराकाष्ठा सम्झन्छन्् ।

४) वस्तुझै खरिद बिक्री गर्नु

पुँजीवादी व्यवस्थाले महिलाहरुलार्ई मानवताको आधारमा कुनै नागरिकमाथि राज्यले पूरा गर्ने दायित्वभन्दा आफ्नो मुनाफाका लागि चेलिबेटीहरुलार्ई खरिद विक्री गर्ने चलन स्थापित गरेको छ । विदेशका कोठीहरुमा गरिव महिलाका शरीर बिक्री भएका छन्् । पुँजीपतिहरुले घरमा यौनदासीको रुपमा प्रयोग गरिरहेका छन्् । प्रेमको आधारमा विबाह गर्ने भन्दा पुँजीको आधारमा विवाह गर्ने वस्तुभाउ झैँ मूल्य तोक्ने चलन छ । त्यो कम भयो भने विवाह नगर्ने गरे पनि दाइजो कम भयो भनेर मानसिक र शारीरिक यातना दिने गरिन्छ । यही कारणले कयौँ महिलाले आत्महत्या गर्नु परेको छ । यस्तो खरिद बिक्री गर्ने चलन मानवता विरोधी हर्कत हो । विश्व सुन्दरी, उपभोग्य वस्तुको विज्ञापन, ब्राण्ड एम्बेस्डर ।

५) समान श्रम र असमान ज्याला हुनु

अहिलेको पुँजीवादी व्यवस्थाले महिला र पुरुषमा पनि ठूलो विभेद गरेको छ । कुनै मजदूर महिला ज्यालादारी श्रम गर्छ, पुरुष पनि ज्यालादारी श्रम गर्छ, काम एउटै हो तर ज्याला पुरुषलार्ई बढी र महिलालार्ई कम दिने चलन छ । यो असाध्यै अन्यायपूर्ण छ । महिलाले घरमा गर्ने काम र कुनै जागिरदार पुरुषले गर्ने काममा ठूलो अन्तर छ । श्रम हेर्दा पुरुषको मानसिक श्रम छ मूल्य छ तर त्योभन्दा जटिल काम महिलाको छ त्यो मूल्यविहीन छ । बाहिर पुँजीवादी व्यवस्थाका मतियारहरुले महिला समानताको लागि लगाएको नारा बकवास मात्र हो ।

वैज्ञानिक समाजवादी व्यवस्था भनेको हो ?

‘‘महिलाहरुको आन्दोलनको मुख्य उद्देश्य महिलाहरुको औपचारिक समानताका लागि मात्र होइन, आर्थिक तथा सामाजिक समानताका लागि पनि लड्नु हो । मुख्य काम महिलाहरुलार्ई सामाजिक रुपले उत्पादक श्रममा तान्नु हो, उनीहरुलार्ई घरेलु दासत्वबाट निकाल्नु हो, भान्से एवम् धाइको निरन्तर चाकडी तथा अलग बातावरणको निरर्थक एवम् अपमानजनक सेवाबाट मुक्त गर्नु हो । –लेलिन ४ मार्च – १९२०

पुँजीवादी उत्पादन सम्बन्ध एवम् राज्य व्यवस्थाले पैदा गरेका बर्गिय अन्तरविरोध, जातिय, क्षेत्रिय, धार्मिक र लिङ्गिए रुपमा गरिएका दमन र उत्पीडनको अन्त्य गर्दै उत्पादनका साधनमा सामूहिक स्वामित्व कायम गर्ने पूर्णसमानतामा आधारित व्यवस्था हो । महिला वर्गमा पितृसत्ताको उदयदेखि पुँजीवादी युगसम्म लादिएका सबैखाले उत्पीडन, शोषण र दमनको अन्त्य गर्दै राजनैतिक, आर्थिक, समाजिक, सांस्कृतिक रुपमा पूर्णसमान अधिकार प्रधान गर्ने व्यवस्था नै वैज्ञानिक समाजवादी व्यवस्था हो । यो व्यवस्थाले महिलाहरुका क्षेत्रमा हल गर्नुपर्ने केही सवाहरु निम्न छन््ः

१) सम्पत्तिमाथि स्वामित्वको सवाल

जतिबेला मानव समाजमा सामूहिक स्वामित्वमा आधारित सम्पत्ति थियो, त्यतिबेला मातृ प्रधान समाज थियो । महिला र पुरुषको समान ढंगले उत्पादन गर्ने, उपभोग गर्ने, श्रम विभाजन पनि समान ढंगले गरिएको थियो । कसैले कसैमाथि शोषण, दमन र उत्पीडन भन्ने थिएन । जब निजी स्वामित्वमा आधारित सम्पत्तिको विकास भयो मातृ प्रधान समाजको अन्त्य भई पितृ सत्ताको उदय भयो त्यतिबेलादेखि महिला वर्ग दोश्रो दर्जाको नागरिकमा परिणत भयो । महिलामाथि अनेकौँ शोषण दमन, उत्पीडनका तानावाना बुनिए । इतिहासमा पहिलो दासी पनि महिला र अन्तिम दासी पनि महिला हुन पुगे । त्यसैले महिला मुक्तिको मुख्य र पहिलो सवाल निजी स्वामित्वमा आधारित सम्पत्तिको अन्त्य र सामूहिक स्वामित्वमा आधारित सम्पत्तिको विकास गर्नुपर्छ । उत्पादनका साधान श्रोतमा सामूहित स्वामित्व हुनपर्छ । सम्पूर्ण सम्पत्ति राज्यको हुनुपर्छ । उत्पादन, उपभोग र वितरणमा समानता कायम हुनपर्छ अनि वास्तविक महिला मुक्ति सम्भव छ ।

२) राजनीतिक सत्ताको सवाल

‘‘राज्य भनेको उत्पीडित वर्गको दमनका निम्ति चाहिने विशेष शक्ति हो ।’’ –एङ्गेल्स

‘‘सत्ताका लागि भएको संघर्षमा जितको ग्यारेन्टी उदारवादीहरुद्वारा सिनेटर तथा मेयर छान्नमा मद्दत गरेर प्राप्त हुँदैन, बरु सर्वहारा जनसमूदायको संघर्षमा भाग लिने तयारीबाट प्राप्त हुन्छ ।’’ –रोजा लग्जमवर्ग

दलाल पुँजीपति वर्गले बहुसंख्यक सर्वहारा श्रमजीवि वर्गमाथि सत्ताको विशेष शक्तिद्वारा शोषण र दमनको नीति अवलम्बन गरेको छ । बहुसंख्यक सर्वहारा श्रमजीवि जनताले पनि बल प्रयोगको माध्ययमबाट सर्वहारा वर्गको अधिनायकत्व सहितको राज्य सत्ता स्थापन गर्न जरुरी छ । अझै इतिहासको पहिलो सर्वहारा वर्ग महिला हो, यसलार्ई षड्यन्त्रपूर्ण ढंगले पितृ सत्ताले अधिकार च्युत गरी दासमा परिणत ग¥यो, आपूm सत्तामा विराजमान भयो । यसको क्षतिपूर्तिसहित राज्यसत्ताको बागडोर आफ्नो हातमा लिन जरुरी छ । दलाल संसदीय व्यवस्थाले संघर्षको बलमा कानुनमा दर्ज भएको ३३ प्रतिशत महिला प्रतिनिधित्व पनि कार्यान्वयनमा हिचकिचाइरहेको छ । शेरेमोनियल राष्ट्रपति केही उपमेयर, केही सांसद दिँदैमा महिला मुक्ति हुँदैन । वास्तविक महिला मुक्तिका लागि पहिलो–सीमित दला पुँजीपति वर्गको आधिपत्य रहेको राजनीतिक अधिकारलार्ई बहुसंख्यक सर्वहारा श्रमजीवि जनताको हातमा अधिकार स्थापित गर्न पर्दछ । दोश्रो– राज्य सत्ताका सम्पूर्ण अंगमा उमेदवार छनोट गर्दा जनसंख्याको आधारमा पूर्णसमानुपातिक प्रतिनिधित्व सुनिश्चि गर्नु पर्दछ । तेश्रो ः पार्टीले महिलालार्ई विश्वासका साथ चौतर्फी नेतृत्व विकास गर्नुपर्छ, पार्टी र सत्तामा बनेका महिलासम्बन्धी नीति र कानुनहरुलार्ई हुबहु व्यवहारमा कार्यान्वयन गर्नुपर्दछ । चौथो–महिलाहरुलार्ई नेतृत्वमा विकास गर्न वैचारिक, राजनैतिक स्कुल, प्रशिक्षण संचालन गर्नु पर्दछ ।

३) श्रममा समानताको अधिकार

कम्युनिस्ट पार्टीको नेतृत्वमा संचालन हुने वैज्ञानिक समाजवादी व्यवस्थामा समान श्रम र समान ज्याला निर्धारण हुनेछ । घरेलु काम मिलिजुली महिला पुरुषले समान ढंगले गर्नु पर्नेछ । ­ बच्चाबच्चीहरुको व्यवस्थापन, शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनेछ । एउटा परिवारले दुईटा मात्रै सन्तान जन्माउने कानुन हुनेछ । यो व्यवस्थामा क्षमताअनुसारको काम, कामअनुसारको दामको ग्यारेन्टी हुनेछ । महिला आर्थिक रुपमा आत्मनिर्भर हुने वित्तिकै महिलामा लादिने शोषण उत्पीडन अन्त्य हुनेछ ।

४) सामाजिक सुरक्षाको अधिकार

वैज्ञानिक समाजवादी व्यवस्थामा समाजिक सुरक्षासम्बन्धी विशेष कानुन राज्यले बनाउने छ । सामूहक बलात्कार जस्तो जघन्य अपराधको सिकार भई मर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । यदि समाजमा यस्ता घटना घटे पनि राज्यले दोषीमाथि कडाभन्दा कडा कारवाही गर्नेछ । पैसाको आधारमा गरिने विवाहलार्ई खारेज गर्ने छ, प्रेमको आधारमा गरिने विवाहलार्ई मान्यता दिनेछ, दाइजो प्रथा पूर्ण रुपले अन्त्य गरिने छ, दाइजो कम भएको कारण मर्नुपर्ने अवस्था आउने छैन । छाउपडी प्रथा, घुम्टो प्रथा, तलाक प्रथा, जारी प्रथा, पूर्ण रुपमा अन्त्य हुनेछ । बेरोजगारीका कारण देहव्यापार गर्नुपर्ने अवस्था सृजना हुने छैन । समाजमा शान्ति सुरक्षामा खलल पुग्ने अराजकता, दण्डहीनत पूर्ण रुपले अन्त्य हुनेछ । जाँड, रक्सी, जुवा, तास, लागूऔषध, राज्यले नियन्त्रण गर्नेछ । समाजमा जन्म संस्कार, मृत्यु संस्कार र विवाह संस्कारलार्ई सहज, सरल र सस्तो बनाइनेछ ।

५) शरीरमाथिको अधिकार

महिलाहरुले जुनसुकै व्यवस्थामा पनि आफ्नो शरीरमाथिको अधिकार आफैँले कायम गर्न सकेनन् । किनकि दास युगमा कमारा–कमारीको रुपमा रहे, मालिकका दासी बने, मालिककै अधिकार कायम रह्यो । सामन्तवादी युगमा सामन्तका नोकर बने, सामन्तकै आधिपत्य रह्यो । पुँजीवादी युगमा जोसँग पैसा छ उसकै अधिकार रह्यो । यो महिलाहरुको कमजोरी नभएर बाध्यता थियो । सत्ताविहीन सम्पत्तिविहीन, रोजगारविहीन भएपछि पुँजीवादी समाजमा जे आपूmसँग छ त्यही बेचेर खाने कुरा अन्यथा थिएन ।

चुलोचम्को, पारविारिक कामलार्ई फासी दिने

अब यसको उचित समाधान वैज्ञानिक समाजवादी व्यवस्थाले दिनेछ । सत्तामाथि समान अधिकार, सम्पत्तिमाथिको स्वामित्वमा समान अधिकार, रोजगारीको पूर्ण ग्यारेन्टी हुने वित्तिकै महिलाहरुको आफ्नो शरीरमाथिको आत्मनिर्णयको अधिकारको ग्यारेन्टी हुनेछ । अतः महिला मुक्तिका लागि वैज्ञानिक समाजवादी व्यवस्था मात्रै सबै व्यवस्थाभन्दा उन्नत व्यवस्था सावित भएको छ । पितृ सत्ताको उदयदेखि पुँजीवादी युगसम्म महिलामाथि लादिएका सबैखालका शोषण दमन र उत्पीडनको अन्त्य गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा पूर्ण समानतामा आधारित राज्य व्यवस्था नै वैज्ञानिक समाजवादी राज्य व्यवस्था हो । यो व्यवस्था प्राप्तिका लागि महिला वर्गले अन्तिम संघर्षमा आपूmलार्ई तयार गर्न जरुरी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु