अमेरिकामा प्रवेश गर्दा कोभिड नेगेटिभ प्रमाण नचाहिने

२०७९ जेष्ठ २८ गते, शनिबार

काठमाडौं । अमेरिका प्रवेश गर्न अब कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेश गर्नु नपर्ने भएको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल गरेकाले अमेरिका पुग्ने हवाई यात्रुहरूले अबदेखि कोरोना नेगेटिभ प्रमाण पेश गर्नुपर्ने नियम हटाइएको बताइएको छ । यो नियम आइतबारदेखि नै लागू हुनेछ । भ्रमण उद्योगले यो नीतिको अन्त्यका लागि सरकारमाथि निरन्तर दवाब दिँदै आएको थियो ।
भ्रमण व्यवसायीहरूले यस नीतिका कारण परिवारहरू विदेशमा अलपत्र पर्ने डरले हवाई टिकट बुकिङ गर्न मानिस डराउने गरेको समस्या स्पष्ट पारेका थिए । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले नयाँ नीतिको आगामी नब्बे दिनसम्म पुन: मूल्यांकन गर्ने बताएको छ ।अमेरिकाले कोरोना महामारीका कारण विश्वमै सबै भन्दा बढी मानवीय क्षति बेहोरेको छ।

प्रतिक्रियाहरु