कार्यकक्षमै मन्त्रीको हत्या !

२०७९ जेष्ठ २४ गते, मंगलवार

काठमाडौं । डोमिनिक रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोतसाधन मन्त्रीको आफ्नै कार्यलयभित्र गोली हानेर हत्या भएको छ । ओलान्डो जोर्ग मिरालाई एक निकट साथीले गोली हानेर हत्या गरेका हुन् । आक्रमण हुँदा ५५ वर्षीय ओरलान्डो बैठकमा सहभागी थिए । उनीमाथि ६ राउन्ड गोली प्रहार गरिएको थियो । आत्रलमणकारी मिगुल क्रुज मन्त्री ओलान्डोका बाल्यकालदेखिकै साथी भएको राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् । आक्रमणकारीलाई जेल चलान गरिएको छ । आक्रमणको कारण खुलेको छैन् । ओरलान्डो वर्तमान राष्ट्रपति लुइस अबिनादरको प्रशासनमा सन् २०२० को जुलाइदेखि सेवा गरेका थिए । एक ट्वीटमा राष्ट्रपति अबिनादरले ओरलान्डोको परिवारमा गहिरो समवेदना व्यक्त गर्दै आफ्नो असल साथीको मृत्युमा गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु