खानाको लडाइँले मेगालोडन सार्कको लोप !

२०७९ जेष्ठ १८ गते, बुधबार


काठमाडौं । वैज्ञानिकहरूले प्रागैतिहासिक खानाको लडाइँले मेगालोडोन सार्कको लोप भएको हुन सक्ने अनुमान गरेका छन । महासागरको विशाल मेगालोडनको जीवाश्म दाँतहरूको अध्ययनले यो सुझाव दिन्छ कि यसले अर्को क्रुर शिकारी ठूलो सेतो सार्कसँग खानाको लागि प्रतिस्पर्धा गर्नुपर्ने थियो । ह्वेल र अन्य शिकारको लडाइले मेगालोडोनलाई तीस लाख वर्षअघि लोप हुनेतर्फ धकेलिएको हुनसक्ने सोधकर्ताहरूको भनाई छ । समुद्री तहको परिवर्तनलगायतका वातीवरणीय दबाबले पनि मेगालोडोनको लोपमा भूमिका खेलेको थियो । समुद्री सतहमा परिवर्तनका कारण वासस्थान गुमाउनेदेखि शिकारको कमी लोपका कारण भएको जनाइएको छ । धेरै वर्षअघि लोप भएको जनावरको खानेकुरा बुझ्नका लागि अन्तर्राष्ट्रिय अन्वेषकहरूले जीवित र मरेका सार्कहरूको दाँतका जिंक आइसोटोपलाई एउटा माध्यमको रूपमा प्रयोग गरेका थिए ।
जीवित सार्कमा देखिएको रसायनिक संकेत र मेगालोडोनको दाँतको १३ जिवाश्मले यो सुझाव दिएको छ कि खानेकुराको सञ्जालमा ठूला ह्वाइट सार्क र मेगालोडोनको समान स्थान थियो र सम्भवत उनीहरुले ह्वेल, डल्फिनएउटै खानेकुराका लागि संघर्ष गरेका थिए । जलवायु परिवर्तन र अन्य वातावरणीय दबाबसँगै खानेकुराको संघर्षका कारण उनीहरुको लोप भएको हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ ।

जर्मनीको जोहानेस गुटेनबर्ग युनिभर्सिटीका प्राध्यापक थोमस टुटकेनले भने, ‘ दुबै जीवित हुँदा आधुनिक ठूलो सेतो सार्क र मेगालोडोन बीच समुद्रमा जलीय खाद्य स्रोतहरूमा प्रतिस्पर्धा थियो ।’ नेचर कम्युनिकेसन्समा प्रकाशित अनुसन्धानमा टिप्पणी गर्दै स्वान्सी युनिभर्सिटीकी क्याटालिना पिमिएन्टोले मेगालोडोनको थप रहस्य सुल्झाउन थप अध्ययन गर्नुपर्ने बताइन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु