‘कबड्डी ४’ की नायिका मगरविरुद्ध प्रदर्शन

२०७९ जेष्ठ १७ गते, मंगलवार


काठमाडौं । ‘कबड्डी ४’ की नायिका मिरुना मगरको हर्कतबिरुद्ध प्रदर्शन गरिएको छ । नायिका मगरले निर्दोषलाई फसाउन खोजेको भन्दै प्रदर्शन गरिएको हो । बिरोध प्रदर्शनको क्रममा चुच्चेपाटीको केएल टावर अगाडि केही युवाहरूले फिल्मको पोष्टरसमेत जलाएक छन ।प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेका छन् । उनीहरूले अन्यथा ‘कबड्डी ४’ बहिष्कार गर्ने चेतावनीसमेत दिएका थिए । मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै तामाङ थरका युवालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । तर, चौतर्फी विरोधपछि उनलाई छाड्ने तयारी गरिएको छ ।

प्रतिक्रियाहरु