मोनालिसाको पेन्टिङमा केक प्रहार !

२०७९ जेष्ठ १७ गते, मंगलवार

काठमाडौं । फ्रान्सको पेरिसमा रहेको लुभ्र म्युजियममा महिलाको भेषमा आएका एक ब्यक्ति मोनालियाको पेन्टिङमा केक प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । वृद्ध महिलाको भेषमा ह्वील चेयरमा आएका ती पुरुषले मोनालिसाको पेन्टिङमा केक प्रहार गर्ने बित्तिकै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सो घटनापछि म्युजियममा ती ब्यक्तिलाई हेर्न निकै भीड लागेको र भीड पन्छाउन सुरक्षाकर्मीलाई निकै समय लागेको थियो । मोनालिसाको तस्वीरमा केक हान्नु गैह्र जिम्मेवार भन्दै उनलाई कडा कारबाहीको माग गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु